१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

राजधानीको कष्टसाध्य यात्रा (फोटोफिचर)



काठमाडौं । देशको राजधानी काठमाडौं भित्रको यात्रा दिन प्रतिदिन कष्टकर बन्दैछ ।

यहाँको सडकमा गुडने सार्वजनिक यातयातमा अत्याधिक भीड लाग्ने गर्छ । संघीय राजधानीका कारण जनघनत्वको चाप र त्यसलाई व्यवस्थित गर्न नसक्नुले पनि काठमाडौंमा भनेजस्तो यात्रा गर्न सहज छैन । सार्वजनिक यातयात अव्यवस्थित र असुरक्षित छँदैछ छ भने अर्कोतिर निजी सवारीमा यात्रा गर्दा पनि ट्राफिक जामको कारण समयमै गन्तव्य पुग्न सकिँदैन ।

काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक यातायातले जहाँतहीँ रोकेर यात्रु चढाउने गर्दा एकातिर यात्रुहरु चाँडै गन्तव्यमा पुग्न सक्दैनन भने अर्कोतिर ट्राफिक नियमको पालना हुँदैन । त्यसो त सार्वजनिक यात्रा गर्ने यात्रुहरुको सवारीबाट नै मोबाइल, पैसा हराएका घटनाहरु पनि सार्वजनिक भइरहेका हुन्छन । नियमानुसार सिटभन्दा बाहेक यात्रु राखे ट्राफिक कारबाही भोग्नुपर्छ । तर ट्राफिक प्रहरीकै अगाडि यात्रु कोचेर सार्वजनिक बस चलाउने गरिएको छ । यसरी चलाएबापत सार्वजनिक यातयातले दण्डित हुनुपर्दैन । गाडी नपाउँदा यात्रु पनि कोचिएर/झुन्डिएर यात्रा गर्न बाध्य छन ।

सार्वजनिक यातयातमा कष्टकर यात्रासँगै यात्रुका लागि दुर्घटनाको जोखिमसमेत बढेको छ । शनिवार र आईतवार सार्वजनिक बिदा भएकाले पनि अन्य दिन सडकमा भीड बढेको हो । निजी तथा सरकारी कार्यालय एकै समयमा खुल्नु पनि यसको एउटा कारण हो ।

राजधानीको काठमाडौं टुँडिखेल आसपास बजारको बिस्तार,चक्रपथबाहिर सरकारी तथा कर्पोरेट कार्यालय नहुनुले पनि सार्वजनिक यातयात भरिभराउ हुन्छन । राजधानीमा व्यवस्थित बसपार्कको अभावमा पनि सडकमा भीड बढने गरेको छ । पछिल्लो समय बस पार्कमा पुगेर आरामले बस चढन र गन्तव्यमा जानसक्ने अवस्था छैन । यिनै भीडमा पुगेर न्युज एजेन्सी नेपालका फोटो पत्रकारहरुले खिचेका तस्बिरहरु आजको फोटो फिचरमा ।

 

 

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ९ : ५४ बजे

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

कैलाली । टीकापुर नगरपालिका–८ का पुनिराम थारू पाँच वर्ष पहिलेदेखि

निर्वाचन अवधिभर पाँचथरको नेपाल-भारत सीमाबाट आवतजावतमा रोक

पाँचथर। जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर

आज चन्द्रग्रहण लाग्ने, नेपालबाट एक घण्टा देखिने

काठमाडौं । फाल्गुन शुक्ल पूर्णिमाका दिन आज (फागुन १९) बेलुका

भुल्केगाउँका स्थानीयको पानीको समस्या अन्त्य

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका-३ भुल्केमा लामो समयदेखि रहँदै आएको

इरान-इजरायल तनाव फैलिँदै : रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

दुबई । इरान र इजरायल-अमेरिका गठबन्धनबीचको सैन्य तनाव खाडी क्षेत्रका