१३ पुस २०८२, आइतबार | December 28, 2025

मौसम विभागले भन्यो : तीनवटा वायु सक्रिय, आज मौसम खुल्ने सम्भावना न्यून



काठमाडौं । जल तथा मौसम विभागले आज देशैभरको मौसम खुल्ने सम्भावना न्यून रहेको अनुमान गरेको छ । तीनवटा वायु प्रणाली सक्रिय हुँदा मौसम खुल्ने सम्भावना न्यून रहेको विभागकी मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।

विभागले शनिबार गरेको मौसम पूर्वानुमानले आज मौसम बदली रहने अनुमान गरेको थियो । “हिजोभन्दा आज मौसम खराब हुन्छ भनेर हिजो पनि भनेका थियौँ । आज दिनभरि मौसम खुल्ने सम्भावना न्यून छ,” मौसमविद् मानन्धरले भनिन् ।

खराब मौसमकै कारण आज बिहान पोखराबाट जोमसोमतर्फ जाँदै गरेको जहाज सम्पर्कविहीन बनेको छ । उक्त क्षेत्रमा पनि आज दिनभरि मौसम खुल्ने सम्भावना नरहेको विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो र रातिको समयमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बिहान पनि जहाज घटना भएको क्षेत्र र सुदूरपश्चिम, भैरहवालगायत तराईका क्षेत्रहरूमा वर्षा भइरहेको देखाएको थियो ।

तीनवटा न्यूनचापीय प्रणाली सक्रिय हुँदा देशैभर वर्षा भइरहेको अवस्था हो । यसै पनि मनसुन सिजन सक्रिय हुने समय नजिकिएसँगै त्यसको प्रभाव पनि पर्न गएको विभागले जनाएको छ । मानन्धरका अनुसार मनसुन सिजन जुन ८ देखि मनिटरिङ हुन्छ । नेपालमा जुन १३ मा मनसुन भित्रिने गर्छ । भोलि र पर्सि भने मौसम खुल्दै जाने विभागको पूर्वानुमान छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  १ : ४१ बजे

जेनजी आन्दोलनका सहिद ‘परिवारको मियो उखेलियो, अब केले सान्त्वना होला ?

काठमाडौं । “हाम्रो परिवारको मियो नै उखेलियो,” जेनजी आन्दोलनका सहिद

रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरू

रसुवा । छ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत

चिसोले महोत्तरीका विद्यालय बन्द

जलेश्वर । अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको

ठमेलको क्यासिनो वाल्डोका अध्यक्ष पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष

सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छ : सञ्चारमन्त्री खरेल

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी,