११ चैत्र २०८२, बुधबार | March 25, 2026

स्थानीय भन्छन्:- ‘औसतभन्दा कम उचाइमा पटकपटक घुमेको थियो जहाज’



बलेवा । पोखराबाट मुस्ताङका लागि उडेको तारा यएरको नाइन एन एइटी ट्विनअटर विमान आज बिहान औसतभन्दा कम उचाइमा थासाङ पुगेको थियो ।

हल्का वर्षा भइरहेका समयमा घरभन्दा केही माथि जहाज दुई तीनपटक घुमेको देखेको थासाङ गाउँपालिका-२ बोक्सेखोलाका विकल बागदासले बताए ।

“हामी खाना खाँदै थियौँ, जहाज धेरै पटक घुमेको थियो”, उनले भने, “हल्का कुहिरो लागेर पानी परिरहेको थियो” । उहाँले यसअघि मुस्ताङ जाने जहाज यति धेरै तल आएको नदेखेको बताए ।

“घरमै ठोकिन्छ जस्तो गरेर दुई, तीन पटक घुम्यो, हामी गाउँले सबैले बाहिर निस्केर हेरेका थियौँ”, उनले भने, “केहीबेरमा अलिमाथि उडेर गयो, पानी परेकाले घुमेको होला भन्ने लागेको थियो ।”

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘इमरजेन्सी लोकेसन ट्रान्समिटर सङ्केत’ फेला परेको छ । सङ्केतअनुसार जहाज केही वस्तु वा पहाडमा ठोकिएको देखिन्छ । तर जहाज ठोकिएको आशङ्का गरिएको स्थान मानव बस्तीभन्दा निकै उच्च पहाडमा पर्ने उनले बताए ।

“त्यो पहाड निकै टाढा र अप्ठ्यारो ठाउँमा हो, अहिले त जान सकिँदैन”, उनले भने, “आकाश खुल्यो भने हेलिकप्टरमा जान सकिएला ।”

सम्पर्कविहीन भएको तारा एयरको विमानमा १९ जना यात्रु लिएर बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार म्याग्दी, मुस्ताङ, पर्वत र कास्कीका सम्भावित सबै ठाउँमा खोजी भइरहेको भए पनि जहाज सम्पर्कविहीन नै छ । अहिले मुस्ताङका अधिकांश ठाउँमा बाक्लो बादल लागेर पानी परिरहेको स्थानीयले बताए ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ३ : ३९ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण