२९ मंसिर २०८२, सोमबार | December 15, 2025

गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै हेटौंडाको कार्यपालिकामा एमालेका उम्मेदवार निर्वाचित



हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका सदस्य निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनबाट एमालेका ८ जना सदस्य निर्वाचित भएका छन् ।

महिला अल्पसंख्यक तथा दलितमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् । महिलातर्फ पातलीमाया गोङ्बा, ईश्वरी विश्वकर्मा, रुक्मिणी स्याङ्तान, मञ्जु भुर्तेल र साधना श्रेष्ठ निर्वाचित हुँदा दलित तथा अल्पसंख्यकतर्फ वीरबहादुर विश्वकर्मा, शंकर राई र अर्जुनबहादुर राई निर्वाचित भएका हुन् । ९७ जना मतदातामध्ये एमालेका उम्मेदवारले ५० मत पाएका थिए भने गठबन्धनका उम्मेदवारले ४७ मत पाएका थिए ।

गठबन्धनको तर्फबाट महिला सदस्यमा नेपाली कांग्रेसका रन्जु गोङ्बा, सन्तुमाया पाख्रिन, सविना बिडारी, नेकपा ९एकीकृत समाजवादी०बाट कमला पौडेल र सुनिता परियार उम्मेदवार रहेका थिए । यस्तै अल्पसंख्यक तथा दलितर्फ गठबन्धनबाट नेपाली कांग्रेसका धनराज प्रजा, रामबहादुर नेपाली र नेकपा ९एकीकृत समाजवादी० का कल्पना विश्वकर्मा उम्मेदवार रहेका थिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  १० : १४ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार