१३ पुस २०८२, आइतबार | December 28, 2025

तारा एयर दुर्घटना अपडेट : मृतकको शव संकलनपछि काठमाडौं ल्याइने



काठमाडौं । आइतबार बिहानदेखि वेपत्ता भएको तारा एयरको नाइन एन कलसाइनको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

दुर्घटनामा परेको सो विमानमा रहेका २२ जना यात्रुको मृत्यु भएको छ । मृतकमध्ये १० जनाको शव चिन्न सकिने अवस्थामा रहेको उद्दारमा संलग्न नेपाली सेनाले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु भएका सबैको शव संकलन कार्य जारी रहेको नागरिक उड्डयन प्राधिकरणका उपमहाप्रबन्धक देवचन्द्रलाल कर्णले बताए । सुरक्षाकर्मीले यात्रुको शव संकलन, उनीहरुको सामानको संकलनको मुचुल्का तयार पारेपछि काठमाडौं ल्याइने छ ।

पोखराबाट जोमसोमका लागि उडान भरेको जहाज आज बिहान फेला परेको थियो । आइतबार बिहानदेखि सम्पर्कबिहीन जहाजलाई आज बिहान स्थानीय बासिन्दा र यार्सा टिप्न गएकाहरुले देखेपछि प्रशासनलाई खबर गरेका थिए । त्यसपछि कोवाङमा बसेको नेपाली सेना नेतृत्वको उद्दार कार्यदल घटनास्थलमा पुगेको थियो ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ९ : ५४ बजे

जेनजी आन्दोलनका सहिद ‘परिवारको मियो उखेलियो, अब केले सान्त्वना होला ?

काठमाडौं । “हाम्रो परिवारको मियो नै उखेलियो,” जेनजी आन्दोलनका सहिद

रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरू

रसुवा । छ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत

चिसोले महोत्तरीका विद्यालय बन्द

जलेश्वर । अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको

ठमेलको क्यासिनो वाल्डोका अध्यक्ष पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष

सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छ : सञ्चारमन्त्री खरेल

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी,