१३ पुस २०८२, आइतबार | December 28, 2025

उदयपुरमा ट्रक दुर्घटना, चार जनाको मृत्यु



उदयपुर । सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ भदौरेस्थित चनौटमा सोमबार बिहान ट्रक दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ ।

सोमबार बिहान २:३० बजे दुर्घटना हुँदा ट्रकमा सवार चालक सहित चार जनाको ज्यान गएको हो ।

मकवानपुरको हेटौंडाबाट मिक्सु सोलु हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बुतर्फ जाँदै गरेको ना ८ ख ८२९७ नम्बरको लोबेड ट्रक बिहान २ः३० बजे भदौरे चनौट खोला नजिक दुर्घटना जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले जानकारी दिए ।

दुर्घटनामा ट्रकका चालक बाराको सिमरा–१ का ३५ वर्षीय सुजित घलान तामाङ, सहचालक २५ वर्षीय नितेश खड्का, ट्रकमा सवार सिमरा–१ का १७ वर्षीय अनुज लामा र ३७ वर्षीय राजन तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट कच्ची सडकमा चालक निदाएका कारण ट्रक अनियन्त्रित भइ दुर्घटना भएको हुन सक्ने अनुमान गरिएकोछ । ट्रक सडकबाट करिब एक सय मिटर तल खसेको छ ।

प्रहरीले स्थानीयबासीको सहयोगमा शब बाहिर निकाल्ने प्रयास जारी राखेको छ । शव यत्रतत्र छरिएकाले संकलन गर्ने काम भई रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रहरीले दुर्घटनाका बारेमा अनुसन्धान सुरु गरेको जनाएको छ । घटना स्थल कटारी बजारबाट करिब ४० किलोमिटरको दुरीमा रहेकाले कटारीबाट ईलाका प्रहरी कार्यालयको टोली भर्खर पुगेको बताइएको छ । ट्रकमा कति जना सवार थिए भने यकिन भई नसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  १० : ०५ बजे

जेनजी आन्दोलनका सहिद ‘परिवारको मियो उखेलियो, अब केले सान्त्वना होला ?

काठमाडौं । “हाम्रो परिवारको मियो नै उखेलियो,” जेनजी आन्दोलनका सहिद

रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरू

रसुवा । छ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत

चिसोले महोत्तरीका विद्यालय बन्द

जलेश्वर । अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको

ठमेलको क्यासिनो वाल्डोका अध्यक्ष पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष

सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छ : सञ्चारमन्त्री खरेल

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी,