३ आश्विन २०८३, शनिबार | September 19, 2026

एक महिलासहित तीन पक्राउ



वीरगञ्ज । प्रहरीले मानव बेचबिखन तथा जबर्जस्ती करणी गरेको घटनामा संलग्न रहेको आरोपमा एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सङ्खुवासभा खाँदबारी नगरपालिका-१० घर भई हाल वीरगञ्ज महानगरपालिका-१६ मा कार्की होटल सञ्चालन गर्दै आएकी ४२ वर्षीया लक्ष्मी बुढाथोकी (कार्की), मोरङ जिल्ला कटहरी गाउँँपालिका-४ घर भई हाल पर्सा वीरगञ्ज -८ बस्ने २५ वर्षीय सुरजकुमार साह, जुम्ला जिल्ला हेमा गाउँपालिका-३ बस्ने ३५ वर्षीय हरिचन्द्रनाथ योगी छन् ।

वीरगञ्ज-८ स्थित एउटा रेस्टुरामा काम गर्ने सुरजले जेठ ५ गते काठमाडौँ बस्ने २५ वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभन देखाई वीरगञ्ज ल्याएर बसपार्कस्थित एउटा होटलमा पटक-पटक करणी गरेको प्रहरीको आरोप छ ।

जेठ १० गते लक्ष्मीले युवतीलाई विवाह गर्छु भनेर झुक्याई हरिचन्द्रनाथको जिम्मा लगाएको प्रहरीको दाबी छ । वीरगञ्ज-१६ फूलबारी टोलमा डेरा गरी बस्ने हरिचन्द्रनाथले युवतीलाई कोठामा लगी मानसिक र शारीरिक यातना दिई पटक-पटक जबर्जस्ती करणी गरेको प्रहरीको दाबी छ ।

जेठ १४ गते राति ९ बजे पीडित युवती सो स्थानबाट भागेर आफन्तको सम्पर्कमा पुगेपश्चात सो घटना बाहिर आएपछि प्रहरीले तीनै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले तीनै जनालाई जबर्जस्ती करणी र मानव बेचबिखन तथा ओसारपसार कसूरमा अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ८ : १३ बजे

अर्थमन्त्री वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४