२७ माघ २०८२, मंगलबार | February 10, 2026

आजदेखि बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने



काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आजबाट बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुँदै छ । अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजबाट सैद्धान्तिक छलफल सुरु हुन लागेको हो ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

बैठकमा अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। उक्त प्रस्तावपछि सांसदहरुले बजेटमाथि आफ्नो धारणा राख्नेछन् र साे क्रममा उठेका प्रश्नकाे जवाफ मन्त्रीले दिनेछन् ।

सरकारले आगामी आर्थिक वर्षको लागि कूल रु १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट ल्याएको छ । जसमा चालुतर्फ कूल रु सात खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, पूँजीगततर्फ रु तीन खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१.२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु दुई खर्ब ३० अर्ब २२ करोड अर्थात् १२.८ प्रतिशत बराबर रहने गरी प्रबन्ध गरिएको छ । त्यस्तै स्थानीय र प्रदेश सरकारलाई वित्तीय अनुदान हस्तान्तरणतर्फ रु चार खर्ब २९ अर्ब ८३ करोड अर्थात् २४ प्रतिशत बराबरको बजेट प्रबन्ध गरिएको छ ।

सरकारले राजस्वबाट रु १२ खर्ब ४० अर्ब ११ करोड बराबर जोहो गर्ने छ । यस्तै, वैदेशिक अनुदानबाट रु ५५ अर्ब ४६ करोड, वैदेशिक ऋणबाट रु दुई खर्ब ४२ अर्ब २६ करोड र आन्तरिक ऋणबाट रु दुई खर्ब ५६ अर्ब बराबरकोे आन्तरिक ऋणबाट जोहो गर्नेछ ।

 

 

 

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ९ : १८ बजे

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ

वीरगन्ज । जिल्ला प्रहरी कार्यालयले वीरगनजको अवैध गोदाममा छापा मार्न

उदयपुरमा चार हजार चार सय ३८ बालिकालाई एचपिभी खोप लगाइँदै

गाईघाट । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि उदयपुरमा ‘एचपिभी’ खोप

नवलपुर-२ मा नाउपा नेपालले नेकपाका महतोलाई समर्थन गर्ने

नवलपुर । रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, नेपालले नवलपुर

पश्चिम नवलपरासीमा रविको चुनावलक्षित कार्यक्रम रोक्न प्रशासनको निर्देशन

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पश्चिम

बागलुङमा ‘प्लेटलेट्स’ बनाउन थालियो : पोखरा र काठमाडौं पठाउनुपर्ने बाध्यता अन्त्य

बागलुङ । लामो समयको प्रयासपछि बागलुङको रक्तसञ्चार केन्द्रमा सेतो रगत