१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

नवलपुर-२ मा नाउपा नेपालले नेकपाका महतोलाई समर्थन गर्ने



नवलपुर । रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, नेपालले नवलपुर निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार गणेशमान महतोलाई समर्थन गर्ने निर्णय गरेको छ।

नाउपा, नेपाल र नेकपाबीच भएको सहमतिअनुसार नवलपुर–२ मा नाउपाको उम्मेदवारी नरहेकाले महतोलाई समर्थन गर्ने निर्णय गरिएको पार्टी अध्यक्ष बुद्धिराम थनेत र सचिव खनस राम महतोद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।

विज्ञप्तीअनुसार प्रत्यक्षतर्फ नेकपाका उम्मेदवार गणेशमान महतोलाई तारा चुनाव चिन्हमा मतदान गर्न नाउपा नेपालले आह्वान गरेको छ । समानुपातिकतर्फ भने आफ्नै पार्टीको चुनाव चिन्ह ढकियामा भोट हाल्न कार्यकर्ता र शुभेच्छुकलाई आग्रह गरिएको छ।

थरुहट आन्दोलनका नेतृत्वकर्ता गणेशमान महतोले थारु समुदायको हक–अधिकारका लागि संघर्ष गर्दै आएको उल्लेख गर्दै नाउपा, नेपालले उनलाई विजयी गराउन अपिल गरेको छ।

थारु समुदायको बाहुल्यता रहेको नवलपुर–२ मा भएको यो सहमतिले नेकपा उत्साहित बनेको छ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ९ : २८ बजे

जापानद्वारा बिपी राजमार्गको पिप्ले-बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

काभ्रेपलाञ्चोक । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्डको

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने तय भएको छ ।

ईयू आबद्ध देशका राजदूतसँग सामूहिक भेटवार्ता गर्दै प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज नेपालस्थित युरोपेली

रौतहटमा हुरीले घर भत्किँदा महिलाको मृत्यु

रौतहट । रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा

आजको मौसम : पहाडका केही स्थानमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा