१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

फास्ट ट्र्याकको सुरुङ खन्न पुनः सुरु



काठमाडौं । निर्माणाधीन काठमाडौं-तराई-मधेश दु्रतमार्ग (फास्ट ट्र्याक)को सुरुङ खन्ने काम पुनः सुरु भएको छ । नेपाली सेनाले काम सुचारु गर्न निर्देशन दिएपछि चिनियाँ ठेकेदार कम्पनीले काम पुनः थालेका हुन् ।

सुरुङको प्याकेज-१ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन र प्याकेज-२ मा पोली च्याङ्दा कन्स्ट्रक्सन कम्पनीले काम गरिरहेका छन् । ठेक्का सम्झौताअनुरूप सुरुङ खन्ने काम नभएको भन्दै नेपाली सेनाले दुई हप्ताअघि ठेकेदार कम्पनीलाई काम रोक्न निर्देशन दिएको थियो । कामको गुणस्तर कमजोर भएको र सम्झौताअनुसारका उपकरण पनि नल्याई काम भएको पाइएपछि नेपाली सेनाले काम रोक्न निर्देशन दिएको थियो ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौताको मापदण्ड तथा सेवा सर्तअनुसार बिहीबारदेखि दुवै खण्डको सुरुङ खन्ने काम सुरु भएको जानकारी दिए । सुरुङ खन्ने काम दुई खण्डमा भइरहेको छ ।

कामको गुणस्तर कमजोर र सम्झौताअनुसारका उपकरण पनि नल्याई काम भएको पाइएपछि नेपाली सेनाले काम रोक्न निर्देशन दिएको थियो । उनले भने, “आयोजनाले नियुक्त गरेको परामर्शदाता कम्पनीले गरेको निर्माणाधीन सुरुङको निरीक्षण, कामको पुनरवलोकन तथा ठेकेदार कम्पनीसँगको छलफल र परामर्शपछि सुरुङ खन्ने काम पुनः सुरु भएको हो ।”

अहिले ठेक्का सम्झौताअनुसारको उपकरणको प्रयोग तथा गुणस्तरको काम भइरहेको उनले स्पष्ट पारे । आयोजनाले कोरियाली कम्पनी योसिन इन्जिनियरिङ कर्पोरेसन र कोरिया एक्सप्रेस-वे कर्पोरेसन एन्ड पियोङ्वा इन्जिनियरिङ कन्सल्टेन्ट (संयुक्त)लाई परामर्शदाता नियुक्त गरेको छ ।

यसअघि गरिएको निरीक्षण तथा पुनरवलोकनमा सुरुङ खन्ने क्रममा ठेक्का सम्झौताअनुसारको उपकरण प्रयोग नभएको, कामको गुणस्तर नदेखिएकोलगायतका समस्या देखा परेकाले सुरुङको काम तत्काल रोक्न ठेकेदार कम्पनीलाई सेनाले निर्देशन दिएको थियो । त्यसैगरी सुरुङ खन्नका लागि सम्झौताअनुसारको ‘थ्री आम्र्स जम्बो’ लगायतका मेसिनको प्रयोग नगरी सामान्य रूपमा खन्न थालेकाले कामको गुणस्तर कमजोर रहेको पाइएको थियो । प्रवक्ता सिलवालका अनुसार अहिलेसम्म सुरुङमार्गको पहिलो प्याकेजअन्तर्गत ३० मिटर र दोस्रो प्याकेजअन्तर्गत अहिलेसम्म २० मिटर सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ । आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले योसमाचार लेखेका छन ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ७ : ५३ बजे

माइनस डिग्री मुस्ताङको चिसोमा निर्वाचन सरगर्मी

मुस्ताङ । माइनस डिग्री तापक्रमका बाबजुद मुस्ताङमा निर्वाचन सरगर्मी बढिरहेको

टी-२० विश्वकप : न्युजिल्यान्डको फराकिलो जित, श्रीलंका सुपर-८ बाट बाहिरियो

काठमाडौं। घरेलु मैदानको साथ र समर्थकको उत्साह हुँदाहुँदै पनि सहआयोजक

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, सतर्क रहन आग्रह

कञ्चनपुर । कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा पालिएका बङ्गुरमा ‘अफ्रिकन

फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू हुन

निर्वाचन आउन ७ दिन बाँकी : कर्णालीमा तीन सय ५९ वटा मतदानस्थल अति संवेदनशील

सुर्खेत । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा