२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

टी-२० विश्वकप : न्युजिल्यान्डको फराकिलो जित, श्रीलंका सुपर-८ बाट बाहिरियो



काठमाडौं। घरेलु मैदानको साथ र समर्थकको उत्साह हुँदाहुँदै पनि सहआयोजक श्रीलंकाको आईसीसी टी-२० विश्वकप यात्रा सुपर-८ चरणमै टुंगिएको छ । बुधबार भएको निर्णायक खेलमा न्युजिल्यान्डसँग ६१ रनको फराकिलो अन्तरले पराजित भएपछि श्रीलंका एक खेल बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

१६९ रनको लक्ष्य पछ्याएको श्रीलंकाको ब्याटिङ सुरुआतदेखि नै दबाबमा देखियो। नियमित अन्तरालमा विकेट गुमाउँदै टोली निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०७ रनमै सीमित भयो । कामिन्दु मेन्डिसले सर्वाधिक ३१ रन बनाए पनि टोलीलाई जिततर्फ डोर्‍याउन सकेनन् । दुनिथ वेलालगेले २९ रन जोडे भने कुसल मेन्डिसले ११ र पवन रथ्नायकेले १० रन बनाए। अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन नसक्दा श्रीलंका ठूलो अन्तरले पराजित हुन पुग्यो ।

न्युजिल्यान्डका बलरहरू प्रभावशाली देखिए । रचिन रविन्द्रले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए । म्याट हेनरीले किफायती बलिङ गर्दै २ ओभरमा १ मेडनसहित ३ रन खर्चेर २ विकेट लिए । कप्तान मिचेल सान्टनर र ग्लेन फिलिप्सले समान १-१ विकेट लिएर श्रीलंकाको ब्याटिङ लाइनअपलाई धराशायी बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्ड पनि सुरुआती चरणमा दबाबमा परेको थियो । ८४ रनमै ६ विकेट गुमाएपछि टोली संकटमा देखिएको थियो । तर कप्तान मिचेल सान्टनर र कोल मेकोन्चीले सातौँ विकेटका लागि ८४ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई प्रतिस्पर्धात्मक अवस्थामा पुर्‍याए । सान्टनरले २६ बलमा ४७ रन बनाउँदै आक्रामक प्रदर्शन गरे भने मेकोन्ची २३ बलमा ३१ रन बनाएर अविजित रहे ।

यसअघि रचिन रविन्द्रले ३२ रन, फिन एलेनले २८ रन तथा ग्लेन फिलिप्सले १८ रनको योगदान दिएका थिए । श्रीलंकाका बलर महीश थिक्साना र दुश्मान्था चमीराले समान ३-३ विकेट लिए पनि निर्णायक समयमा रन रोक्न नसक्दा टोली महँगो सावित भयो ।

यस जितसँगै न्युजिल्यान्डले सुपर-८ चरणमा महत्वपूर्ण अंक जोड्दै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ भने सहआयोजक श्रीलंकाको विश्वकप यात्रा भने अपेक्षाविपरीत सुपर-८ चरणमै टुंगिएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहिबार  ७ : २७ बजे

शेरबहादुर देउवाको जिल्ला डडेल्धुरामा रास्वपाका जोशीको अग्रता

डडेल्धुरा । डडेल्धुरा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका

गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको सुरुवाती अग्रता

गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नम्बर

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर ५

बाँके-१ र ३ मा रास्वपा, २ मा एमालेको अग्रता

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा मतगणना

रूपन्देही-२ को मतगणनामा रास्वपाको दबदबा, खरेलको मतान्तर बढ्दो

बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा जारी प्रतिनिधिसभा