९ चैत्र २०८२, सोमबार | March 23, 2026

बजेट निर्माणका क्रममा दलको घोषणा–पत्र माग



खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकाले नयाँ बजेट निर्माणका क्रममा सबै दलसँग घोषणा-पत्र माग गरेको छ ।

आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका लागि गाउँपालिकाले एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, नेकपा एकीकृत समाजवादी र राप्रपालाई पत्राचार गर्दै लिखित सुझावका साथमा गत ३० बैसाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका बेला जारी गरेको आ-आफ्नो घोषणा-पत्र उपलव्ध गराउन भनेको हो ।

दलका घोषणा-पत्रमा उल्लेखित कतिपय प्रतिवद्धता गाउँपालिकाको बजेट निर्माणका क्रममा उपयुक्त र उत्कृष्ट हुनसक्ने भएकाले सुझावका साथमा घोषणा-पत्र माग गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले शुक्रबार पठाएको पत्रमा आगामी ६ असारसम्ममा बजेट निर्माणका क्रममा आवश्यक सुझावका साथमा घोषणा-पत्र उपलव्ध गराउन भनिएको छ ।

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनबाट जन्तेढुंगामा गठबन्धनकातर्फबाट माओवादी केन्द्रका अरुणादेबी राई अध्यक्ष र कांग्रेसका खेमबहादुर खड्का उपाध्यक्षमा चुनिएका छन् ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ६ : ५४ बजे

रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित

इरान र अमेरिकाबीचको वार्ता सकारात्मक : अमेरिकाबाट ५ दिनका लागि आक्रमण स्थगित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको आक्रमणलाई ५

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौं । सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी