९ चैत्र २०८२, सोमबार | March 23, 2026

रवि लामिछानेले घोषणा गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’, चुनाव चिन्ह ‘घण्टी’



काठमाडौं । पूर्वसञ्चारकर्मी रवि लामिछानेले आफ्नो नयाँ पार्टीको नाम घोषणा गरेका छन् । राष्ट्रिय सभागृहमा आयोजित सभामा लामिछानेले नयाँ पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका हुन् ।

त्यस्तै लामिछानेको नेतृत्वमा गठन हुने पार्टीले चुनाव चिन्ह ‘घण्टी’ प्रस्ताव गरेको छ । आज राष्ट्रियसभा गृहमा घोषणासभाको आयोजना गर्दै उनले आफ्नो पार्टीको प्रस्तावित चुनाव चिन्ह घोषणा गरेका हुन् ।

लामिछानेले आफू व्यवस्था नभई अवस्था बदल्नका लागि राजनीतिमा आएको बताए । ‘व्यवस्था परिवर्तन गर्न आएको होइन । मलाई व्यवस्था होइन, तपाईंहरूको अवस्था बदल्नु छ । यो हिसाबले राजनीतिमा आएको हुँ ।’ उनले भने ।

आफू पुराना कुनै पनि दलमा प्रवेश नगर्ने बताउँदै उनले आफू नयाँ दल गठन गर्न लागिपरेकोसमेत बताए । सोहीअनुसार उनले आफू चुनाव लड्ने उनले घोषणा गरे । ‘धेरै मानिसले भने नयाँ दल बनाउन निकै कठिन हुन्छ । जिल्ला जिल्लादेखि वडा वडासम्म मान्छे राख्नुपर्छ । ती मान्छे कहाँ पाउनु,’ लामिछानेले भने ।

उनले आफू केही गर्न नसक्ने अवस्था पार्टीमा नरहने बताए । उनले स्वतन्त्र ढंगले उम्मेदवारी दर्ता गर्न आउनेका लागि आफूले स्वागत गर्ने बताए ।

रविले प्रस्तावित गरेको पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृ संगठन र कार्यकर्तारहितसम्मको विशेषता प्रस्तुत गरेका छन् । उनले आफूहरूले कहिल्यै चन्दा नलिने घोषणा पनि गरे । स्वयंसेवीबाट आर्थिक सहायता जुटाउने उनले बताए । स्वयंसेवीबाट आर्थिक सहायता जुटाउने उनले बताए ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  २ : ०९ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा