९ चैत्र २०८२, सोमबार | March 23, 2026

गर्मीसँगै तराईमा बढ्न थाले सर्पदंशका विरामी



धनगढी । तराईमा बढेको गर्मीसँगै अस्पतालमा सर्पदंशका विरामी बढ्न थालेका छन् । धनगढीस्थित सेती प्रादेशिक अस्पतालका अनुसार पछिल्लो समय दैनिक २-३ वटासम्म सर्पदंशका गम्भीर विरामी भर्ना हुने गरेका छन् ।

‘सर्पले टोकेका विरामीको संख्या दैनिक ५-६ जनासम्म पुग्ने गरेको छ,’ सेती प्रादेशिक अस्पतालका सर्पदंश उपचार संयोजक डाक्टर शेरबहादुर कमरले भने, ‘तीमध्ये २-३ जना धेरै विषालु सर्पले टोकेका विरामी अउने गरेका छन् ।’

उनले मानिसको लापरवाहीका कारण सर्पदंशका विरामी बढ्ने गरेको बताए । रातिमा होसियारी नअपनाई हिँड्डुल गर्ने, सुत्दा ओच्छ्यान राम्ररी नहेरेर सुत्ने गरेका कारण सर्पदंशका विरामी बढ्ने गरेको उनले बताए । ‘तराईका बढी विषालु सर्प गोमन र करेत हुन्,’ कमरले भने, ‘ती सर्प सुख्खा ठाउँमा बस्न रुचाउँछन्, करेत ओच्छ्यानमै पनि लुकेर बसेको हुन्छ, राति सुत्दा राम्ररी नहेरेर सुत्ने बानीले ओच्छ्यानमै सर्पले टोक्ने गरेको भेटिएको छ ।’ सुतेको वेला करेत सर्पले टोकेको थाहा नपाएरै कतिपय विरामीको मृत्यु हुने गरेको कमर बताउँछन् ।

सुतेको वेला करेत सर्पले टोकेको थाहा हुँदैन । कमरका अनुसार करेतले टोकेपछि पेट दुख्ने, बान्ता हुने, टाउको दुख्ने लक्षण भए पनि ज्वरो आउँदैन । ‘सर्पले टोकेको थाहा नपाउने धेरैले ग्यास्ट्रिक भएको भन्दै सामान्य औषधि खाने गरेका छन् । धेरै स्वास्थ्यकर्मीले सर्पले टोकेको पनि हाथा पाउँदैनन्,’ कमरले भने, ‘सेती अस्पतालमा कार्यरत पुराना स्वास्थ्यकर्मीले त्यस्ता विरामी पत्ता लगाउन सक्छन् । यदि पेट दुख्ने, बान्ता हुने, टाउको दुख्ने जस्ता लक्षण देखिए विरामीले तुरुन्त सेती अस्पतालको इमरजेन्सीमा आएर देखाउँदा राम्रो हुन्छ ।’

करेत सर्पले टोकेका विरामी ४-५ घन्टासम्म अस्पताल आउँदा पनि उपचार हुन सक्ने उनले बताए । कोब्रा र करेत सर्पले न्युरो टक्सिन विष फाल्ने गर्दछन् । जस्ले नशामा असर गर्ने हुँदा विषको प्रभाव छिटो देखिने गर्दछ ।

तर गोमन सर्पले टोकेको खण्डमा भने एक डेढ घन्टामै सर्पदंशको उपचार भएका अस्पताल पुग्नुपर्ने उनको सुझाव छ । ‘गोमन सर्पले करेत जस्तो लुकेर टोक्दैन । गोमन भएको ठाउँ नजिक जाँदा उसले पहिलानै मानिसलाई चाल दिन्छ,’ कमरले भने, ‘तर जबर्जस्ती गरेमा गोमनले झम्टन पनि वेर लगाउँदैन ।’ गोमन सर्प दाउराको थुप्रो, झाडी भएका सुख्खा स्थानमा बस्न रुचाउने हुँदा त्यस्ता स्थानमा जाँदा मानिसले सावधानी अपनाउनुपर्ने उनको सुझाव छ ।

डा. कमरका अनुसार कैलाली कञ्चनपुरमा अझै पनि सर्पले टोकेमा धामीझाँक्रीमार्फत झरफुक गराउने परम्परा कायमै छ । जसकारण कतिपय मानिसको मृत्यु हुने र कतिपयलाई बचाउन धेरै मिहिनेत गर्नुपरेको उनले बताए । ‘सर्पले टोकेपछि तुरुन्त नजिकको अस्पताल जानुको सट्टा अझै पनि धामीझाँक्रीलाई देखाउने गरेको पाइन्छ,’ उनले भने, ‘बिरामी मर्ने अवस्थामा मात्रै अस्पताल पुर्‍याइने गरिन्छ । त्यस्ता विरामीलाई बचाउन धेरै मेहनत गर्नु पर्दछ ।’

केही दिनअघि मात्रै कैलालीको गोदावरी नगरपालिका-१० स्थित मालाखेतीका विरामी पनि धामीझाँक्रीको भरमा परेर अन्तिम अवस्थामा मात्रै अस्पताल आएकाे उनले बताए । ‘उनलाई बचाउन धेरै मेहनत गर्नुपर्यो, उनि जस्ता धेरै विरामी यहाँ आउने गरेका छन्,’ उनले भने ।

कैलाली कञ्चनपुरका ठाउँठाउँमा सर्पदंश उपचार केन्द्र हुँदाहुँदै पनि मानिसले धामीझाँक्रीको भर परेर आफ्नो ज्यान आफै जोखिममा पार्ने गरेको उनको गुनासो छ । ‘फुकफाक गर्ने भए पनि तत्काल फुकफाक गरेर अस्पताल पठाइदिनुहोला भनेर कतिपय धामीझाँक्रीलाई मैले सम्झाउने गरेको छु,’ कमरले भने, ‘स्थानीय तहले पनि आफ्नो वडामा रहेका धामीझाँक्रीलाई सम्झाउने अभियान चलाउनु आवश्यक देखिनछ ।’

सेती प्रादेशिक अस्पतालमा हाल १७ वटा आइसियु वे र १२ वटा भेण्टिलेटर वेड छन् । पछिल्लो समय सवै आइसियु र भेन्टिलेटर वेड सर्पदंशका विरामीले भरिने गरेका कमर बताउँछन् ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  २ : ३६ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा