४ पुस २०८२, शुक्रबार | December 19, 2025

मन्त्री भएर कमाउने लोभलालच छैन, मन्त्रीले भन्दा ठूलो गाडी चढ्छु : कृष्णकुमार श्रेष्ठ



काठमाडौं । निःवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्री पदमा टाँसिरहन र मन्त्री भएर पैसा कमाउने लोभलालच आफूमा नभएको बताएका छन् ।

हिजो मात्र आफ्नै पार्टीको दबाबमा मन्त्रीबाट हटाइएका निवर्तमान मन्त्री श्रेष्ठले आफूले गरेका कामको जनताले मूल्यांकन गर्नुपर्ने बताए ।

सोमवार मन्त्रालयमा विदाईपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले मन्त्री पदका लागि बालुवाटार र खुमलटार धाएको आक्षेप लाग्ने गरेको भएपनि त्यो सत्य नभएको जिकिर गरे । उनले अहिले पनि आफु मन्त्री चढ्ने भन्दा ठूलो गाडी चढेर आएको भन्दै मन्त्रीमा टाँसिन र मन्त्री बनेर पैसा कमाउने लोभ नरहेको दाबी गरे ।

श्रेष्ठले ८ महिना २१ दिन मन्त्री भएर आफूले गरेका कामहरु सगौरव प्रस्तुत गर्न पाउनु नै आफ्नो लागि ठूलो कुरा भएका बताए । उनले भने, ‘एउटा पनि काम तथा निर्णय विवादरहित रहे। आठ महिना २१ दिन मन्त्री भएर काम गरे। सांसद छु फेरि मन्त्री हुन सक्छु। फेरि चुनाव जित्न सक्छु।’

उनले मन्त्रालयका कर्मचारीहरुलाई नयाँ मन्त्रीलाई सफल बनाइदिन आग्रह पनि गरे ।

 

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  १० : ४३ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज