१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

मन्त्री भएर कमाउने लोभलालच छैन, मन्त्रीले भन्दा ठूलो गाडी चढ्छु : कृष्णकुमार श्रेष्ठ



काठमाडौं । निःवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्री पदमा टाँसिरहन र मन्त्री भएर पैसा कमाउने लोभलालच आफूमा नभएको बताएका छन् ।

हिजो मात्र आफ्नै पार्टीको दबाबमा मन्त्रीबाट हटाइएका निवर्तमान मन्त्री श्रेष्ठले आफूले गरेका कामको जनताले मूल्यांकन गर्नुपर्ने बताए ।

सोमवार मन्त्रालयमा विदाईपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले मन्त्री पदका लागि बालुवाटार र खुमलटार धाएको आक्षेप लाग्ने गरेको भएपनि त्यो सत्य नभएको जिकिर गरे । उनले अहिले पनि आफु मन्त्री चढ्ने भन्दा ठूलो गाडी चढेर आएको भन्दै मन्त्रीमा टाँसिन र मन्त्री बनेर पैसा कमाउने लोभ नरहेको दाबी गरे ।

श्रेष्ठले ८ महिना २१ दिन मन्त्री भएर आफूले गरेका कामहरु सगौरव प्रस्तुत गर्न पाउनु नै आफ्नो लागि ठूलो कुरा भएका बताए । उनले भने, ‘एउटा पनि काम तथा निर्णय विवादरहित रहे। आठ महिना २१ दिन मन्त्री भएर काम गरे। सांसद छु फेरि मन्त्री हुन सक्छु। फेरि चुनाव जित्न सक्छु।’

उनले मन्त्रालयका कर्मचारीहरुलाई नयाँ मन्त्रीलाई सफल बनाइदिन आग्रह पनि गरे ।

 

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  १० : ४३ बजे

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

उद्धारपछि सञ्जय साह – ‘सबैलाई बचाउने क्रममा म आफैँ फसेँ, महामन्त्र जप गर्दै बसेँ’

काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम