४ पुस २०८२, शुक्रबार | December 20, 2025

जापानका ३ करोड ७० लाख मानिसलाई भनियो– बिजुली कम प्रयोग गर्नू



टोकियो । जापानको सरकारले टोकियो र यसको वरपर क्षेत्रका ३ करोड ७० लाख मानिसहरूलाई बिजुली थोरै प्रयोग गर्न आग्रह गरेको छ । तापमानसँगै आपूर्तिमा असर पर्ने सरकारले चेतावनी समेत दिएको छ ।

अर्थ, व्यापार तथा उद्योग मन्त्रालयले स्थानीय समयअनुसार सोमबार अपराह्न विद्युत्को माग ‘गम्भीर’ हुने जनाएको छ । मानिसहरूले अनावश्यक बत्तीहरू बन्द गर्नुपर्ने र गर्मीबाट बच्न वातानुकूलित प्रयोग गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

तापमान बढेसँगै उर्जा संकट हुने अधिकारीहरूले चेतावनी दिएका छन् । टोकियो र वरपरका आठ प्रिफेक्चरहरूमा सोमबार दिउँसो बिजुलीको लागि अतिरिक्त उत्पादन क्षमता ३ दशमल ७ प्रतिशतले अपेक्षा गरिएको मन्त्रालयले आईतबार एक विज्ञप्तिमा जनाएको थियो ।

विद्युत प्रदायकहरूले आपूर्ति बढाउन काम गरिरहेका र तापमान बढ्दै जाँदा स्थिति ‘अनपेक्षित’ भएको मन्त्रालयले जनाएको छ ।

जापानको उत्तरपूर्वी क्षेत्रमा गएको मार्च महिनामा गएको भूकम्पका कारण केही आणविक उर्जा केन्द्रहरु प्रभावित हुँदा बिजुली आपूर्तिमा कडाइ गरिएको छ ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  १२ : ३४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको