१३ श्रावण २०८३, बुधबार | July 29, 2026

जापानमा अब २ घन्टा भन्दा बढी स्मार्टफोन चलाउन नपाइने



काठमाडौं । आधुनिक जीवनशैलीसँगै स्मार्टफोन प्रयोग बढ्दै गएको छ । लामो समयसम्म फोन प्रयोगले शारीरिक र मानसिक स्वास्थ्यमा असर गर्ने भन्दै विज्ञहरूले बारम्बार चेतावनी दिँदै आएका छन् । यही सन्दर्भमा जापानको आइची प्रान्तअन्तर्गतको तोयोआके सहरले स्मार्टफोन प्रयोगमा नयाँ सीमा प्रस्ताव गरेको छ ।

तोयोआकेका मेयर मासामी कोकीले नगरसभामा प्रस्तुत गरेको मस्यौदा अनुसार अब बासिन्दाहरूले काम वा विद्यालयबाहेक व्यक्तिगत रूपमा दिनमा अधिकतम दुई घण्टा मात्र स्मार्टफोन, ट्याब्लेट वा कम्प्युटर प्रयोग गर्न पाउनेछन् ।

यो प्रस्तावित नियम नगरसभाबाट पारित भए अक्टोबरदेखि लागू हुने तयारी गरिएको छ । यसअघि जापानकै कागावा सहरमा २०२० मा यस्तै नियम लागू गरिएको थियो ।

तर, तोयोआके सहरले यो नियमलाई कानूनी सजायसहितको बाध्यता होइन, ‘स्वास्थ्य र सचेतनामुखी दिशानिर्देशका रूपमा प्रस्तुत गरेको छ । मेयर कोकीका अनुसार नियम तोड्दा कुनै जरिवाना वा दण्डको व्यवस्था गरिएको छैन ।

प्रस्तावित नियमले बालबालिकाको प्रयोगमा विशेष ध्यान दिएको छ । कक्षा १ देखि ५ सम्मका बालबालिकाले राति ९ बजेपछि फोन प्रयोग गर्न नपाउनेछन् । कक्षा ६ देखि माथि (ठूला विद्यार्थी) ले राति १० बजेपछि फोन प्रयोग गर्न पाउने छैनन् । विद्यालय सकिएपछि विद्यार्थीहरूले दिनमा दुई घण्टाभन्दा बढी फोन चलाउन नपाउनेछन् ।

जापानमा हालै गरिएको सर्वेक्षणले युवाहरूले दैनिक औसत पाँच घण्टा फोन, ट्याब्लेट वा कम्प्युटरमा बिताउने गरेको तथ्यांक देखाएको छ । मेयर कोकीका अनुसार अत्यधिक फोन प्रयोगले निद्रा बिग्रिने, मानसिक स्वास्थ्यमा असर पर्ने, सामाजिक सम्बन्ध कमजोर हुने जस्ता समस्या देखिएको छ ।

यद्यपि यो प्रस्तावित नियमप्रति सर्वसाधारणले मिश्रित प्रतिक्रिया दिएका छन् । केहीले यसलाई स्वास्थ्य र सामाजिक जीवनका लागि सकारात्मक कदम भनेका छन् भने केहीले भने दुई घण्टा निकै कम भएको भन्दै आलोचना गरेका छन् ।

एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्- “दुई घण्टा निकै कम हो, त्यो समयमा त खासै केही गर्नै सकिँदैन ।” अर्का प्रयोगकर्ताले भने, “मेयरको नियत राम्रै होला तर दुई घण्टाको सीमा व्यवहारमा असम्भव छ ।”

प्रकाशित मिति : १३ भदौ २०८२, शुक्रबार  ८ : ३३ बजे

बाँकेमा सशस्त्र प्रहरी हवल्दार झुण्डिएको अवस्थामा भेटिए

नेपालगन्ज । बाँकेमा एकजना सशस्त्र प्रहरी हवल्दार झुण्डीएको अवस्थामा फेला

संसद बैठकअघि सभामुखले भेटे प्रधानमन्त्री, दलका नेताहरुसँग पनि गरे छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग सभामुख डिपी अर्यालले भेटवार्ता गरेका

प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की,

कर्णालीका पाँचौं मुख्यमन्त्री बने मंगलबहादुर शाही, प्रदेश प्रमुखबाट लिए पद तथा गोपनीयताको शपथ

सुर्खेत। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार पद तथा

हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु

भद्रपुर । झापोको भद्रपुर नगरपालिका–४ स्थित आफ्नै बारीमा हात्ती धपाउन