२ पुस २०८२, बुधबार | December 18, 2025

अपाङ्ग आश्रमलाई रुपन्देही व्यापार संघको खाद्य सामाग्री



बुटवल । रुपन्देही व्यापार संघ व्याग बस्तुगत उपसमितिले बुटवल उपमहानगरपालिका वडा नं. ११ मा रहेको नेपाल अपाङ्ग आश्रमलाई खाद्यन्न सामाग्री प्रदान गरेको छ ।

उपसमितिको पहलमा संकलन गरिएको खाद्य सामाग्री कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल तथा रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले संयुक्त रुपमा आश्रमका व्यवस्थापक डोल बहादुर रामदामलाई हस्तान्तरण गरे ।

सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख अर्यालले समाजमा रहेका हरेक नागरिकको बाच्न पाउने अधिकारलाई सुरक्षित गर्दै उनीहरुको श्रम र शिपलाई सदुपयोग गर्ने अवसरको सिजर्ना गर्न सबैले हालेमालो गर्नु पर्ने कुरामा जोड दिईन् । उनले समाजमा विभिन्न कारण अशक्त हुन पुगेका नागरिकहरुको सुरक्षामा उपमहानगरपालिकाले समान व्यवहार गर्ने प्रतिवद्धता व्यक्त गर्दै अपहेलित हुने अवस्था आउन नदिने बताईन् ।

कार्यक्रमका विशिष्ठ अतिथि रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले संघले व्यवसायीक अधिकारको वकालतसंगै समाजप्रतिको उत्तरदायित्वलाई पनि आफ्नो लक्ष्य राखेको हुदा यस प्रकार सामाजिक कार्यलाई निरन्तरता दिदै आएको बताए ।

व्याग बस्तुगत उपसमितिका संयोजक शंकर पोखरेलको अध्यक्षता सहसंयोजक विजयसिंह रायमाझीको स्वागत तथा सचिव दिपेन्द्र न्यौपानेको सञ्चालनमा भएको कार्यक्रममा आश्रमका व्यवस्थापक डोल बहादुर रामदामले आश्रमको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा संघका प्रथम उपाध्यक्ष प्रकाश ढकाल, महासचिव दयानिधी भण्डारी, कोषाध्यक्ष नामदेव पाण्डे, सचिव फर्सुराम पन्थ लगायतका व्यवसायीहरुको उपश्थिति रहेको थियो ।

सो अवसरमा करिव २५ हजार मुल्य बराबरको चामल, तेल, दाल, आलु, प्याज, साबुन लगायतको सामाग्री प्रदान गरिएको थियो ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  १ : ११ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल