४ पुस २०८२, शुक्रबार | December 20, 2025

मनसुनको प्रभाव : बुटवल-पाल्पा र बुटवल-नारायणगढ सडक अवरुद्ध



बुटवल । मनसुनको प्रभाव देशभरी फैलिएसँगै वर्षाका कारण लुम्बिनी प्रदेशका बिभिन्न स्थानहरुमा बाटो अवरुद्ध हुन पुगेको छ । विहानैदेखिको वर्षाले प्रदेशका विभिन्न ठाउँका सडक अवरुद्ध भएको प्रदेश ट्राफिक कार्यालय बुटवलले जनाएको छ ।

मंगलबार विहानैदेखि वर्षा भएपछि बुटवल–पाल्पा सडक अवरुद्ध भएको छ । लुम्बिनी प्रादेशिक ट्राफिक कार्यालय बुटवलले दिएको जानकारी अनुसार बुटवल–पाल्पा सडक अन्तरगत सिद्धबाबा नजिकै माथिबाट आएको भेलका कारण सडक अवरुद्ध छ । वर्षाले सडकमाथिबाट लेदो सहतिको पहिरो बग्न थालेपछि आवागमननै ठप्प भएको हो । यसैगरी पूर्व–पश्चिम राजमार्ग अन्तरगत नवलपरासीको अरुण खोलामा सडक अवरुद्ध भएको छ । खोलामा बाढी आएपछि सडक अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

उता रुकुम पश्चिमको सदरमुकाम खलङ्गा जाने सडकपनि अवरुद्ध रहेको प्रहरीले जनाएको छ । सदरमकाम नजिकैको रानीबन खण्डको खहरे खोला बढेर सडक अवरुद्ध भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

पूर्वपश्चिम राजमार्गकै बुटवल सुनवल खण्डमा डाईभसैन बगाउँदा अवरुद्ध भएको सडक एकतर्फि संचालनमा आएको छ । अवरुद्ध भएका सडक खुलाउने प्रयास भईरहेको जनाइएको छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ९ : ५९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको