१४ चैत्र २०८२, शनिबार | March 28, 2026

आगामी मंसिर २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा गर्ने तयारी : मन्त्री चौधरी



काठमाडौं । शहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारले आगामी मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी गरेको बताएका छन् ।

मंगलावार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सरकारले आगामी मंसिर २१ गते निर्वाचन हुनेगरी संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने बताएका हुन् । उनले सरकारले निर्वाचन गर्ने मिति नै नतोकेको भएपनि दुई/तीन महिनामा निर्वाचन घोषणा गर्ने तयारी रहेको बताए । मन्त्री चौधरीले मन्त्री पदमा रहेसम्म इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धतासमेत जनाए । उनले मुलुकलाई सही बाटोमा लैजाने राम्रो भिजन भएको नेतृत्वको कमी रहेको बताए ।

चौधरीले भने,‘ निर्वाचन मैले ठयाक्कै भन्न सक्दिन तर मंसिरको २१ गते हुनेगरी सरकारले अबको दुई÷तीन महिनापछि सरकारले आगामी संघ र प्रदेशको निर्वाचन घोषणा हुन्छ होला । मन्त्री रहँदासम्म इमान्दाररुपमा काम गर्छु । अब पनि इमान्दार भइएन, मन्त्री नै इमान्दार भएन भने के हुन्छ । त्यसैले सबै जना इमान्दार भएर काम गर्नुपर्छ । यो देश जोगाउनको लागि सबैले आफ्नो योगदान गरौं । हामी यो मुलुकलाई बनाउने हो भने प्रधानमन्त्री,मन्त्री इमान्दार भएर मात्रै पुग्दैन, सबै नागरिक र कर्मचारी पनि इमान्दार हुनुपर्छ ।’

मन्त्री चौधरीले राष्ट्रपति,प्रधानमन्त्री र मन्त्रीहरु मात्रै इमान्दार भएरमात्रै मुलुक नबन्ने भन्दै सबै नेपाली नागरिक समेत इमान्दार हुनुपर्ने बताए ।

 

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ५ : ४७ बजे

ओली पक्राउ विरुद्ध कानूनी र राजनीतिक प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले आफ्ना पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी

केपी ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई

च्यासलमा सचिवालय बैठक चलिरहँदा एमाले कार्यकर्ताहरु सडक संघर्षमा

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको विषयमा

ओली-लेखक पक्राउको विरोधमा अखिलद्वारा देशव्यापी प्रतिकारको आह्वान

काठमाडौं । आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री

लेखक पक्राउबारे धारणा बनाउन कांग्रेस नेताहरु परामर्शमा

काठमाडौँ। पार्टीका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेको