२ पुस २०८२, बुधबार | December 17, 2025

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देही २४ औं स्थापना दिवस, कालिकापथलाई रात्रिकालिन बजार बनाउ जोड



बुटवल । बुटवलको कालिका पथलाई रात्रिकालिन बजारको रुपमा बिकास गर्न होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुले जोड दिएका छन् । सुरक्षा तथा पूर्वाधार अभावको नाममा कालिका पथलाई कसैले पनि रात्रिकालिन बजार हुनबाट रोक्न नहुने उनीहरुले बताएका छन् । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देही २४ औं स्थापना दिवसका अवसरमा बुधबार बुटवलमा आयोजिक कार्यक्रममा व्यवसायीहरुले उक्त कुरालाई जोड दिएका हुन् ।

आधुनिकताको बिकास र समयको माग अनुसार यस क्षेत्रमा आवश्यक सिसिटिभी क्यामेरा तथा सडक बत्तीको व्यवस्था गरि रात्रिकालिन रुपमा बजार सञ्चालन गर्न सुरक्षा निकाय, स्थानी, प्रदेश तथा संघीय सरकारले सहयोग गर्नु पर्ने उनीहरुको माग छ । बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्याले व्यवसायीहरुको माग सम्बोधनका लागि स्थानीय सरकार तयार रहेको बताइन । कालिका पथलाई रात्रिकालिन बजारको रुपमा बिकास गर्नका लागि उपमहानगरले आवश्यक पूर्वाधार विकासमा जोड दिने उल्लेख गरिन ।

यस क्षेत्रलाई रात्रिकालिन बजार बनाउनका लागि सबै राजनीतिक दलहरुको आफ्नो चुनाबी घोषणापत्रहरुमा समेत उल्लेख गरेको बताउँदै उनले घोषणापत्र अनुसार कार्यान्वयन हुनु पर्नेमा समेत जोड दिइन । बुटवलको पहिचान र पर्यटन क्षेत्रको बिकासका लागि रातको समयमा कोही पनि अल्पत्र पर्नु पर्ने बाध्यताको अन्त्यका गर्न कालिका पथलाई रात्रिकालिन बजारको रुपमा बिकास गर्न आश्यक रहेको उल्लेख गरिन् ।

यसैगरी उपप्रमुख अर्यालले मर्यादित र कानुनी दायरामा रहेर होटल व्यवसाय सञ्चालन गर्न आग्रह गरेकी छन् । बजार अनुगमन तथा त्यसको कार्यान्वयन आफ्नो प्रमुख जिम्मेवारी रहेको बताउँदै उनले मर्यादा र कानून विपरित जानेहरुका लागि कडा रुपमा प्रस्तुत हुने बताईन । यो वा त्यो बहानामा नियम विपरित जाने कसैलाई पनि छुट नरहेको उनले दोहोर्याइन ।

कार्यक्रममा बोल्दै संघका संस्थापक सचिव माधव नेपालले बुटवलको कालिका पथलाई रात्रिकालिन बजार बनाउनका लागि आवश्यक लगानी गर्न आफूहरु तयार रहेको उल्लेख गरे । व्यवसायीहरुले नै मिलेर सामुहिक रुपमा लगानी गरि सुरक्षाका लागि सिसिटिभी क्यामेरा जडान तथा सडक बत्तीको व्यवस्था गर्न सकिने बताउँदै उनले सुरक्षा लगायतका अन्य सुविधा सरकारले उपलब्ध गराउन सक्नु पर्ने बताए । यसैगरी उनले व्यवसायीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन आवश्यक रहेको बताए । यस क्षेत्रमा लागेका व्यवसायीहरुलाई पूराना धारणा त्यागेर मर्यादित पेसा र पर्यटन व्यवसायीका रुपमा हेर्न सरकारसँग माग गरे ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष समुन्द्र जिसी, बुटवल ९ का वडा अध्यक्ष प्रदिप कुमार श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष बाबुराम गौतम लगायतले बोलेका थिए । महासिव माधव कुमार खनालको सञ्चालन र अध्यक्ष रामप्रसाद गौतमको सभापतित्वमा कार्यक्रम भएको हो ।

कार्यक्रमका अवसरमा क्यान्सर पीडित व्यवसायीहरु बिकास ढकाल र दुर्गा खनालको परिवारलाई जनही २१ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ । कार्यक्रममा नव निर्वाचित जनप्रतिनीधि, संघका संस्थापकहरु, रक्तदाता लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा १५ असार तथा राष्ट्रिय धान दिवसका अवसरमा को उपलक्ष्यमा दही चिउरा खाएर शुभकामना आदानप्रदान गरिएको थियो ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  २ : २७ बजे

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि