१ असार २०८३, सोमबार | June 16, 2026

इञ्जिनियर विष्टविरुद्ध आरोपपत्र दायर



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिका, ललितपुरका इञ्जिनियर सुबास विष्टविरुद्ध आज विशेष अदालत, काठमाडौँमा भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेको छ ।

करार सेवामा कार्यरत विष्टले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा रु एक करोड ९७ लाख १० हजार १५७ बिगो कायम गरी विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

उनका अनुसार निजले सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरूपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति बुबाको नाममा रहेको देखिँदा बुबा सुदर्शन विष्टमउपर पनि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिमको कसूरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिम कैद र जरिवाना गरी लुकाइछिपाइ राखिएको बिगो सम्पत्ति जफत गर्न माग दाबी लिइएको छ ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  १० : ३३ बजे

कार्यदलको सुझावअनुसार एमाले पुनर्गठन हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टी

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

लुम्बिनी चेम्बरको प्रतिक्रिया : निजी क्षेत्रलाइ अपेक्षित बजेट आएन

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का

लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक (पूर्णपाठ)

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८/०८४ का

अधिकमास समाप्त

काठमाडौँ । गत जेठ ३ गतेदेखि सुरु भएको अधिकमास आजदेखि