५ माघ २०८२, सोमबार | January 19, 2026

आरजु देउवालाई कोरोना संक्रमण, एकै दिन थपिए ५५ कोरोना संक्रमित



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि श्रीमती देउवा होम क्वारेन्टाइनमा बसेकी छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनी क्वारेटाइनमा बसेकी हुन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आरजुको स्वास्थ्य लाभको कामना गरेकी छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री रेग्मीले आरजुको स्वास्थ्य लाभको कामना गरेकी हुन् ।

यसैबीच पछिल्लो २४ घण्टामा नेपालमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६९८ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा १७ जना संक्रमणमुक्त भएका छन् । र, पछिल्लो २४ घण्टामा मृत्युदर शून्य रहेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २८० रहेको मन्त्रालयले जनाएको छ । पछिल्ला दिनमा नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  ५ : ३१ बजे

बब्लु गुप्ताले दिए मन्त्रीपदबाट राजीनामा

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न युवा तथा खेलकुदमन्त्री बब्लु

बाँके २ मा एमालेले मो. इश्तियाक राइलाई टिकट दिएपछि कार्यकर्ता आक्रोशित

नेपालगन्ज । एमाले नेतृ दीपा शर्माले नेकपा एमालेको केन्द्रले बाँके

हिमपात नहुँदा मुस्ताङका किसान चिन्तित

मुस्ताङ । पछिल्लो तीन वर्षयता हिमाली जिल्ला मुस्ताङमा हिमपात हुनसकेन

सबै उम्मेदवारको टुंगो आजै लाग्छ : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभा निर्वाचनका लागि

टिकट बाँडफाँडमा सहमतिको खोजी : कांग्रेसका तीन समूहबीच छलफल

काठमाडौं । नेपाली कांग्रेसका तीन समूहबीच आगामी फागुन २१ गते