९ पुस २०८२, बुधबार | December 24, 2025

देशलाई जता चाह्यो, त्यतै मोड्न सक्ने तागत माओवादीसँग छ : प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशका १२२ स्थानीय तहमा पार्टीले प्राप्त गरेको जितले माओवादीलाई राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिको रूपमा स्थापित गरेको दाबी गरेका छन् ।

प्रचण्डका अनुसार माओवादी पार्टी निर्वाचनबाट प्रभावशाली बनेको छ ।

‘हामी १२२ स्थानीय तहमा छौं । १२२ त्यस्तो १२२ हो, जो राजनीतिलाई प्रभावित पार्न सक्ने, देशलाई कता मोड्ने हो त्यतै मोड्नसक्ने तागतसहितको तेस्रो छौं हामी’, प्रचण्डले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने क्रममा बुधबार भने ।

उनले अलिक मिहेनत गर्न समय भएको भए र २०७४ सालमा मधेस र पहाडमा जितेका स्थानीय हार्ने स्थिति नभएको भए माओवादी दोस्रो दल हुने पनि बताए ।
पार्टी नेतृत्वको तहबाट आफूले पार्टीलाई दोस्रो दल बनाउन चाहेको उनको भनाइ छ ।

तर, गठबन्धन अपेक्षा गरेजस्तो नबन्नु र गाउँ/नगरपालिकामा भने माओवादी बलियो भएको ठाउँमा गठबन्धन नै नभएजस्तो भएको बताए ।

‘तल (गाउँ/नगरपालिकामा) गएपछि त झण्डैझण्डै गठबन्धन नहरेको देखियो । जहाँ हामी बलियो छौं, त्यहाँ के कांग्रेस, के एमाले के विप्लव ? के–के सबै … गठबन्धनमा भएका पनि सबै । गठबन्धनमा नभएका पनि सबै मिलेर माओवादीलाई हराउने प्रयास गरियो’, उनले भने, ‘रोल्पा, कालिकोट, अरु पनि थुप्रै ठाउँमा । तर, पनि ती ठाउँहरूमा हामीलाई नै जनताले भरोसा गरे ।’

यद्यपि, प्रचण्डले गठबन्धन पूरै असफल भयो भन्न नचाहेको बताए । एमालेलाई पहिलो हुनबाट छेक्ने उद्देश्य पूरा भएको सङ्केत गर्दै उनले भने, ‘जुन उद्देश्यका लागि गठबन्धन बनेको थियो, त्यो उद्देश्य प्राप्त भएको छ ।’

अब हुने प्रदेश र सङ्घीय निर्वाचनमा भने गठबन्धनभित्र माओवादीको स्वरुप बदल्नुपर्ने बताए । माओवादी यसअघि अलिक बढी उद्धार र अलिक बढी गठबन्धनप्रति भरोसा गर्ने दल बनेको प्रचण्डले बताए ।

प्रचण्डले माओवादी केन्द्रले गर्ने जस्तो व्यवहारका कुरा गरेका केही स्वतन्त्र उम्मेदवारले स्थानीय तहमा जिते पनि अझै कयौँ दशक राजनीतिक दलले नै देश चलाउने बताएका छन् । केही स्वतन्त्र मान्छेहरूलाई जनताले पालिका प्रमुखमा जिताएपछि केही साथीहरूले अब भोलि स्वतन्त्रले सबै पलिका लैजान्छ की के हो भने जस्तो गरे पनि त्यस्तो नहुने उनले बताए ।

उनले एक जना स्वतन्त्र रुपमा विजयी पालिका प्रमुख आफ्नै कार्यक्रममा समेत सहभागी भएको जनाए । उनले भने, ‘स्वतन्त्रमा विजयी केही साथीहरू स्वतन्त्र हुन्, स्वतन्त्र होइनन् । काठमाडौं र धरानका प्रमुख भने अलि भिन्न तरिकाले आए । यसबाहेक अरु कोही स्वतन्त्र मैले ठानेको छैन ।’ यि भिन्नहरूले पनि माओवादीको जस्तै कुरा गरेको उनले बताए । यही कारणले जनताले मत दिएको उनको दाबी छ । स्वतन्त्रको यो जितलाई ‘हामीले सबक’का रुपमा लिनु पर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ३ : ४६ बजे

छ वटा राजनीतिक दल खारेज

काठमाडौं । निर्वाचन आयोगले तोकिएको जरिवना नबुझाएका छ वटा राजनीतिक

अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको मृत्यु

बुटवल । अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको

पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा जाने नेपाली टोलीलाई तिलोत्तमा नगरद्वारा राष्ट्रिय झण्डा प्रदान

रुपन्देही । भारतको पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं । प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका

सरकारी भुक्तानी नआए माघ १ देखि गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा निःशुल्क डायलाइसिस र मुटु उपचार बन्द हुने

बुटवल । बुटवलमा रहेको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले सरकारबाट भुक्तानी