७ माघ २०८२, बुधबार | January 21, 2026

जनआस्था विनाको न्यायपालिका सफल हुँदैन : कायममुकायम प्रधानन्यायाधीश कार्की



जुम्ला । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले जनताको आस्था मरेको न्यायपालिका असफल हुने बताएका छन् ।

जुम्लामा द्वन्द्वकालमा जलेर नष्ट भएका सुर्खेत जुम्ला उच्च अदालत र जिल्ला अदालत जुम्लाको दुई वटा भवनको उद्घाटनका क्रममा उनले उक्त धारणा राखेका हुन् ।

न्यायपालिका जनताको आस्थाको धरोहर भएको उनको भनाइ थियो । ‘देशमा संविधान पनि छ । कानुन पनि छ । केही न्यायपालिका परिवर्तनसमेत भएको छ’ उनले भने, ‘नेपालमा जनपक्षीय न्याय थप सुदृढ गर्न सर्वोच्च अदालतले सुरु गरेको छ ।’

कार्कीले मुद्दाको दर्तादेखि फैसलासम्म मात्रै नभई त्यसबाट आउने सकारात्मक प्रतिफलबाट नागरिकले न्याय पाउनेमा जोड दिए । उनले सर्वोच्च अदालतमा अहिले धेरै मुद्दा हुने भएकाले गोला प्रथाबाट मुद्दा हेर्न सुरु गरिएको बताए ।

‘अब स्वचालित मेसिनबाट मुद्दा हेर्न सुरु भएको छ । छिटो छरितो, निष्पक्ष र प्रभावकारी ढंगबाट न्यायसेवा दिन हामी प्रतिबद्ध छौं’, उनले भने ।

त्यस्तै सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतले सजिलो बनाउन मुद्दाको वर्गीकरण गरेको बताए ।

सुर्खेत जुम्ला उच्च अदालत इजलास सुर्खेतका प्रमुख न्यायाधीश शेषराज शिवाकोटीले अब संरचना बन्दैमा सबै थोक नपुग्ने बताए । उनले भौतिक संरचनासँगै दक्षजनशक्ति पनि आवश्यक रहेको बताए ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ८ : ४२ बजे

बालेनद्वारा झापा-२ की उम्मेदवार इन्दिरा रानामगरलाई घरमै पुगेर समर्थन

झापा । झापा-५ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

उज्यालो नेपाल पार्टीले उठायो १२० स्थानमा उम्मेदवार

काठमाडौं । सरकार छाडेर उज्यालो नेपाली पार्टी (उनेपा) को नेतृत्व

प्रतिनिधिसभा निर्वाचन : ३४८६ जनाको उम्मेदवारी मनोनयन

काठमाडौँ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार आगामी फागुनमा हुने प्रतिनिधिसभा

नवलपुर-१ मा कांग्रेसभित्र किचलो, दुई उम्मेदवारको मनोनयन दर्ता

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा