१० चैत्र २०८२, मंगलबार | March 25, 2026

पोखरीमा डुबेर बारामा दुई जनाको मृत्यु



बारा । बारामा छुट्टाछुट्टै स्थानमा रहेका पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । घरनजिकैको पोखरीमा नुहाउन गएका जिल्लाकाे कलैया उपमहानगरपालिकाका एक बालककाे डुबेर मृत्यु भएको छ । बुधबार कलैया उपमहानगरपालिका-१६ मझौलिया टोल बस्ने मजबुलाह अंसारीको छोरा ९ वर्षीय यस्तफा अंसारीको पोखरीमा डुबेर मृत्यु भएको स्थानीयले जानकारी दिए।

घरबाट करिब ४/५ जना साथीहरुसँग पोखरीतर्फ निस्केकाे आधा घण्टामै बालक डुबेका थिए । बालकलाई स्थानीयले पाेखरीबाट निकालेर उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा पठाएको र उनकाे उपचारको क्रममा अस्पताल मृत्‍यु भएको प्रहरिले जनाएको छ ।

यस्तै, कोल्हबी नगरपालिका ११ बेलावा टोल बस्ने बिरनाथ चौधरीकाे घरभन्दा करिब पाँच सय मिटर पश्चिममा रहेको आफ्नै पोखरीमा डुबेर मृत्‍यु भएको छ । घरबाट घाँस काट्न गएका उनी अबेर रातसम्मा घर नआएपछि खोजी गर्ने क्रममा उनलाई उक्त पोखरीमा मृतावस्थामा भेटेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।

उनकाे मृत्‍युबारे अनुसन्धान भाईरहेको जिल्ला प्रहरी कार्यालयले बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

 

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ९ : २७ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण