१० चैत्र २०८२, मंगलबार | March 25, 2026

नगरका माविमा अंग्रेजी माध्यमबाट पठन-पाठनको तयारी



खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सबै माविमा अंग्रेजी माध्यमबाट पठन-पाठनको तयारी गरेको छ । बिहीबार मेयर बिमला राईको अध्यक्षतामा सम्पन्न शिक्षा समितिको बैठकले नगरका सबै मावि तहका १२ विद्यालयमा अंग्रेजी माध्यमबाट पठन-पाठनको व्यवस्था गर्ने निर्णय गरेको हो ।

अंग्रेजी माध्यमको पठन पाठनप्रति विद्यार्थी तथा अभिभावकको बढ्दो आकर्षण र मागलाई मध्यनजर गर्दै नगरपालिकाले मावि तहका विद्यालयमा अंग्रेजी माध्यम लागू गर्ने तयारी गरेको हो ।

अंग्रेजी माध्यमबाट पठन-पाठनको पूर्वतयारीमा २० जेठमा ११ वडाका वडाध्यक्ष, १२ माविका प्रअ र विद्यालयल व्यवस्थापन समितिका अध्यक्षसँग छलफल गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । सुरुमा माविबाट अंग्रेजी माध्यम लागू गर्ने र क्रमशः अन्य विद्यालयलाई यसतर्फ अभिप्रेरित गरिने हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईले बताइन् ।

‘अंग्रेजी पढाइकै लागि बालबच्चालाई बाहिर निजी विद्यालयमा पठाउने गरिएको छ । स्वयं जनप्रतिनिधि, कर्मचारी, शिक्षक र वैदेशिक रोजगारमा संलग्न परिवारका बालबच्चा निजी विद्यालयमा छन्,’ मेयर राईले भनिन्, ‘सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षणका लागि सुरुमा मावि तहमा अंग्रेजी माध्यमबाट पठन-पाठन सुरु गर्ने निर्णय गरेका हौँ । यसका लागि अधिकांश मावि तयार छन् । जुनसुकै विद्यालयले अंग्रेजीमा पठन पाठन गराउन सक्ने छन् ।’

बैठकले विद्यार्थी संख्या न्यून भएका विद्यालयको समायोजन वा घटुवा गर्ने तथा बढी विद्यार्थी भएका विद्यालयमा कक्षा थप एवं शिक्षक व्यवस्थापनका लागि अध्ययन गरी प्रतिवेदन पेस गर्न सामाजिक विकास समितिका संयोजक एवं शिक्षा समिति सदस्य रुद्रकुमार राईको अध्यक्षतामा ५ सदस्यीय समिति गठन गरेको छ ।

यस्तै, शैक्षिक गुणस्तर सुधारका लागि शिक्षा शाखा र प्रअबीच कार्य सम्पादन करार सम्झौता गर्ने, यथाशिघ्र वडा शिक्षा समिति पुनर्गठन गर्ने, चौमासिक रुपमा तलब पाउँदैआएका शिक्षकलाई आगामी आर्थिक वर्षदेखि मासिक रुपमा उपलव्ध गराउने निर्णय भएको शिक्षा शाखा संयोजक पदम कार्कीले जानकारी दिए ।

 

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ९ : ३० बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण