११ चैत्र २०८२, बुधबार | March 25, 2026

तारा एयरको पोखरा-जोमसोम-पोखरा उडान २७ जेठसम्म बन्द



काठमाडौं । तारा एयरको पोखरा-जोमसोम-पोरखा उडान बन्द हुने भएको छ । २० देखि २७ जेठसम्मका लागि उक्त रुटको उडान बन्द गरिएको यति एयरले जनाएको छ ।

बिहीबार सूचना जारी गर्दै यति एयरले विशेष कारणबस भोलि २० देखि २७ जेठसम्मका लागि तारा एयरको पोखरा-जोमसोम-पोखरा उडान स्थगति गरिएको जनाएको छ ।

पोखरादेखि जोमसोमका लागि उडेको तारा एयरको विमान आइतबार दुर्घटनामा परेको थियो । दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो । विमान दुर्घटनामा परी ज्यान गुमाउनेहरूको शव आज मात्रै आफन्तलाई बुझाइएको छ ।

सरकारले उक्त विमान दुर्घटनाका विषयमा जाँच गर्न एक आयोग गठन गरेको छ । उक्त आयोगलाई विमान दुर्घटनाको कारण र आगामी दिनमा दुर्घटना हुन नदिन चालिनुपर्ने कदमबारे सुझाव दिन कार्यादेश सरकारले दिएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ३ : ३४ बजे

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

वीरगन्ज । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक

सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया सफल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी

बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन

भोजपुर । बाँदरले दुःख दिन थालेपछि भोजपुरमा खेतीयोग्य जमिन बाँझो

दासत्व पीडितहरूको स्मृति दिवस आज

काठमाडौं । आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस हो ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले आज पद तथा गोपनीयताको शपथ लिँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित