६ श्रावण २०८३, बुधबार | July 22, 2026

सन्तानको सुख



हाड्छाला शरीर्
डाँडामाथि सुतेको
पश्चिमे घाम ।

सुन्दरता स्वर्ण
कुरुपताभित्रको
कलुषित् मान्छे

विश्वासमा बादल लागेकोले सत्तरी बर्र्षीया पार्वती भान्छामा तान्नतुन्न गर्छिन । लोग्नेको भरोसा थामो । त्यस्तै पत्रहत्तर बर्षीय दिलबहादुर, छोराको व्यवस्थापनमा हलो,कोदालोबाट केही विश्रान्ति पाएपनि कोदालो समातेर खेत बारी कुद्न छोडेका छैनन् । छोरा स्वर्णबहादुर बिद्यार्थीहरुलाई बिद्या बाड्नमा व्यस्त । बुहारी ललिता बाल सेवामा रत छिन ।

फुर्सत मिल्नासाथ पितृसेवालाई प्राथमिकता दिने स्वर्णबहादुर बाबुको जिउमा तेल घस्दै देउमलेलाई सुनाउछन्–

–“के गर्ने,पैसा तिरेर ज्यामी राखिदिएको छु काम गर्न नजानुस भन्छु । बाको चित्त र विश्वासले मान्दैन । रगत मासु सक्किएको हाडछालाको शरीर दुख्नेइ त भो । हामीलाई जन्मदिई अगाध माया,ममताको दुध सागरमा डोलाउँदै ज्ञानको भित्रीआँखा खुुलाईदिएर असली संसार देखाउनु भयो । हाम्रो लागि हजुरहरुले आफनो जीवनको आधा भन्दा बढी उमेर दिनु भयो । अब बाँकी उमेर पूर्ण रुपमाहाम्रो जिम्मा दिनुस भन्छु मान्नु हुन्न बा आमा । हेर्नुस त देउमले दाई ?”।

गणेशबहादुर जीसी

स्वर्णको अभिव्यक्तिको उकेरा लाउँदै कार्य सहयोगी देउमले दमाई–
“मास्टर बाबुले भन्या कुडो सयका सय सत्य हो मालिक । हजुरहरुले अब बिश्राम लिनुपर्छ मालिक । स्वर्ण बाबु जस्तो छोरा पाइबक्स्याछ । जीवनमा जन्मदाता बाबुआमा भन्दा ठूलो अरु को हुन्छ र ? बुझनु पर्नेले बुझे देखि । खास मान्ने हो भने देउता जस्ता हुन,बाबुआमा भन्या ।

हजुरका छोरा स्वर्णबाबु त पितृभक्त रामजस्तै बुझकार हुनुहुन्छ । आकाशमा बल्ने एक्लो सूर्य जस्तै हजुरका छोराले सारा धर्ति उज्यालो पार्नु भाछ, हाम्रा केटाकेटीलाई आँखा खुलाइ दिएर । हाम्रो गाउँमा हामी डुमाबच्चापढाउने चलन पनि उहाँले नै बसाल्नु भो । कोही भन्छन्,‘एक आँखो के आँखो’ ?कोही भन्छन्, ‘एक्लो छोरो वृहस्पति’। साच्चै वृहस्पति र सूर्य नै हुनुहुन्छ स्वर्ण बाबु,आकाशमा चम्किरहने ।

सहमति जनाउँदै पितृभक्त स्वर्णका पिता दिलबहादुर भन्छन्–
“हुन त तिमीले भन्या कुरा ठीकै हो । कोहीभन्छन्,‘एक हातअधुरो बात’ । तर त्यो कुरा म मान्दै मान्दैन । धृतराष्टका सय छोरा भन्दा पाण्डुका पाँचै छोराले संसार उज्यालो पारे । श्रवणकुमार पनित्यस्तै मातृ पितृ भक्तथिए ।”

“ तर हाम्रो समाज साह्रै बैगुनी छ । आफना बच्चा चुस्ने तर बाबु आमा नचिन्ने हाम्रागाउँका बैकुण्ठेले र सन्ते जस्ता छोरा कसैको नजन्मियोस भन्छु मालिक म त । विचरा बलवीर बुढाबुढीलाई छोरा बुहारीले कुटेर घरबाट निकालिदिँदा बिचराहरु मागिकन जिन्दगीको त्यान्द्रोमा झुण्डिराछन् मालिक । सन्तेले जाँड र जुवामा भजाउन घर बेच्न नदिएको झोँकमा बाबु मार्न खोज्याथ्यो तै गाउँलेले बचाइदिए,अधमर्दो भएका कलवीर बुढालाई । कस्ता पशु हुन तिनीहरु ?जग्गाबचे आखिर कसलाई…..?

 

 

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  ६ : २१ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको