१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

राजधानीका सडकमा फुटपाथ व्यापारीको भव्य चहलपहल (फोटो फिचर)



राजधानीमा जब साँझ ढल्कँदै जान्छ, यात्रुको भीडको रफतार निरन्तर बढ्छ । नगर प्रहरीको डयुटी त्यति नै बेला सकिन्छ । अनि फुटपाथमा व्यापारीको भव्य चहलपहल सुरु हुन्छ । साँझको बढदो सवारी चाप,यात्रुको भीड अनि फुटपाथ पसल । राजधानीका मुख्य बजार हिँडनै नसक्ने हुन्छन् ।

वास्तवमा भन्दा यतिबेला फुटपाथमा जाम हुन्छ । नगरप्रहरीले सडकमा व्यापार गर्दा खेदाउन थालेपछि धेरै व्यापारी बोकेरै व्यापार गर्दछन । सडकमा झोला बोकेर, सिक्रि, लकेट र पालिसलगायत श्रृंगारको सामान बोकेर बेच्नेको पनि उस्तै लस्कर हुन्छ । फुटपाथ बजारका कारण सार्वजनिक यातायात्र पार्क गर्न र रोक्न समेत कठीन हुने गरेको चालकहरु बताउँछन् ।

दैनिक दुई तीन घण्टा मात्रै फुटपाथ खुला हुँदा आम्दानी घटेको भन्दै धेरै पलायन भएका कथा पनि छन् । सटरमा व्यापार गर्नेहरुले पुराना र स्कट समान, बासी तरकारी बेच्न फुछपाथ ओर्लिंदा सडकमा सवारीसाधनको चाप बढदै गएको हो भन्न कन्जुस्याँई गर्नुहुँदैन । प्रायः साँझको बेला फुटपाथ अव्यवस्थित हुन्छ नै । सडकमा मोटरसाइकल पार्किङ पनि उस्तै हुन्छ । त्यही पार्किङ गरिएको मोटरसाइकलमाथि सामान राखेर व्यापार गरिरहेको दृश्य देख्न साँझको बेला चोक पुगे हुन्छ ।

काठमाडौंको कलंकी, असन, इन्द्रचोक, लगनखेल,कोटेश्वर भक्तपुरका गल्लीमा असंख्य व्यापारी सडक व्यापारमा आश्रित छन । नगरपालिकाले दैनिक गुजारा धान्न मुस्किल पर्ने शहरीया गरिबहरुको मर्काको कारण सडक व्यापारमा पूर्ण प्रतिवन्ध लगाउन पनि सकेको छैन । तर दिनभर भने सडक व्यापार प्रतिबन्धित छ । हरेक दिन साँझ ५ बजेपछि भने फुटपाथ बजार खुल्ला हुन्छ । साँझको चिसो मौसमलाई साथमा लिएर फुटपाथ व्यवसायीहरु आफनो जीविका चलाउँछन । र त्यही व्यपारबाट आफनो छोराछोरी र परिवारको सुन्दर भविष्य कोर्न लागिपर्छन ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  १० : ४७ बजे

रुपन्देहीमा भन्सार छलीका आठ ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा । रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका

एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

बागलुङ । यहाँका दुई हजार ३०२ जना किशोरीले पाठेघरको मुखको

आजको मौसम : पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

काठमाडौं । प्रेस काउन्सिल नेपालले मौन अवधिमा आचारसंहिताको पूर्ण परिपालना

सुदूरपश्चिममा निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका