९ कार्तिक २०८३, सोमबार | October 26, 2026

बर्दियामा प्रहरीको गोलीबाट एकजनाको मृत्यु



बर्दिया। सडक अवरुद्ध गरि आन्दोलन गरिरहेका आन्दोलनकारीबाट सडक खुलाउने क्रममा गोली प्रहार गर्दा बर्दियामा एकजनाको मृत्यु भएको छ । प्रहरीको गोली लागेर मधुवन नगरपालिका वडा नं २ बस्ने १८ वर्षीया नविना थारूको मुत्यु भएको हो ।

वन्यजन्तुको आक्रमण बढेको भन्दै बर्दियाको खाता जैविक मार्गलगायत आसपासका क्षेत्रका आन्दोलनमा उत्रिएका स्थानीबासी माथि प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएको हो । टाउकोमा प्रहरीले प्रहार गरेको गोली लागेको थारूको उपचारको लागि गुलरिया ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मधुवन नगरपालिका–२ छोट्की सोनाहा गाउँकी ४१ वर्षीया अस्मिता थारूलाई चितुवाले आक्रमण गरी घाइते बनाएपछि स्थानीयबासी आन्दोलित भएका थिए । उनीहरुले गुलरिया राजापुर सडक खण्ड अन्तर्गत ओराली बजारमा सडक बन्द गर्दै सुरक्षाको माग गरेका गरेका थिए । सडक बन्द खुलाउनका लागि भन्दै परिचालन गरिएको प्रहरीले आन्दोलनकारी माथि गोलि प्रहार गरेको स्थानीयबासीले बताएका छन् ।

सोही क्षेत्रमा पाटेबाघको आक्रमणमा परी यस अघि मधुवन नगरपालिका–२ की कौसिला पालको मृत्यु भएको थियो । वन्यजन्तुको आक्रमण नरोकिएपछि र सरकारी निकायले खासै चासो नदेखाएपछि स्थानीयबासी सडक आन्दोलनमा उत्रिएको खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङले बताए । खाता क्षेत्रका बाघ स्थानान्तरण गरिनुपर्ने, वनमा तारजाली गर्नुपर्ने र समुदायको सुरक्षा हुनुपर्ने स्थानीयको माग छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ९ : ३६ बजे

बिहीबार मध्याह्नदेखि शुक्रबार रातिसम्म भीषण वर्षा र हिमपात हुने

काठमाडौं । बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीका कारण बिहीबारदेखि

खोटाङमा खुकुरी प्रहारबाट एउटै परिवारका चार जना गम्भीर घाइते

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै घरका

प्रतितोला तीन हजार रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य बढेको छ

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ कात्तिक १२ गते

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले कात्तिक

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छ : मन्त्री रावल

चितवन । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री