१४ पुस २०८२, सोमबार | December 29, 2025

आजबाट काठमाडौंको फोहोर उठाइने



काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर आज मंगलबारबाट उठाइने भएको छ । सिसडोल र बन्चरेडाँडामा फोहोर लैजान दिने सहमति भएसँगै काठमाडौं उपत्यकाको फोहोर उठाइने भएको हो ।

सोमबार सहरी विकास मन्त्रालयमा बसेको मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबिच बसेको सर्वपक्षीय छलफलमा काठमाडौंको फोहोर उठाएर सिसडोल र बन्चरेडाँडा लैजान दिने सहमति जुटेको हो ।

सहरी विकास मन्त्रालयका तर्फबाट तीन र ६ वटा कामको विवरणमा प्रतिवद्धता जनाएसँगै आन्दोरतपक्षले फोहर बिसर्जन गर्न दिने भएको हो ।

सहमतिअनुसार सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षमा प्रभावित क्षेत्रका पाँच वटा सडक निर्माणका लागि ४२ करोड ५० लाख, नदी नियन्त्रण,सामुदायिक भवन मन्दिर निर्माण र वृक्षरोपण कार्यक्रमका लागि एक करोड ७० लाख विनियोजन गर्नेछ ।

त्यस्तै, वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन प्राप्त भएपछि अधिग्रहण गर्नुपर्ने जग्गा यकीन गरी प्रक्रिया सुरु गर्ने, सिफारिसको आधारमा प्रभावित क्षेत्रको स्थायी बासिन्दा लागि १० शय्याको अस्पताल सञ्चालनका लागि सरकारलाई अनुरोध गर्ने सहमति पनि भएको छ ।

काठमाडौं महानगरपालिकाले प्रभावित धुनिवेसी नगरपालिका-१,३,४ र ककनी-१,२ र ३ का प्रभावित क्षेत्रका बासिन्दाको स्वास्थ्य बिमा गर्नुपर्नेछ भने पूर्वाधार विकासका लागि विगतमा उपलब्ध गराउँदै आएको अनुदानलाई निरन्तरता दिइने छ । १० दिनभित्रमा रासायनिक र जैविक उपचार गरी सिसडोल क्षेत्रको दुर्गन्ध हटाउने कामको सुरुवात पनि गरिने सहमति पत्रमा उल्लेख छ ।

 

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  ६ : ४८ बजे

एमालेले आज निर्वाचन आयोगमा बन्दसूची बुझाउँदै

काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची

रास्वपा-बालेन सहमति केन्द्रीय समितिबाट अनुमोदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख

बुटवलमा ‘बाआमासँग नगर प्रमुख’ स्वास्थ्य शिविरप्रति नागरिकको उत्साह, प्रतिकूल मौसममा पनि उल्लेख्य सहभागिता

बुटवल । बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित ‘बाआमासँग नगर प्रमुख’ निःशुल्क स्वास्थ्य