१४ पुस २०८२, सोमबार | December 29, 2025

कुहिने र नकुहिने नछुट्याए काठमाडौं महानगरले फोहोर नउठाउने, नछुट्याएको फोहोर फर्काउँछौं : मेयर शाह



काठमाडौं । काठमाडौं महानगरपालिकाले अबदेखि कुहिने र नकुहिने नछुट्याएको फोहोर नउठाउने भएको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाहले उक्त जानकारी दिएका हुन् ।

‘नछुट्याएको फोहोर महानगरले संकलन गर्ने छैन र फर्काइदिने छ । यसबाट पर्न सक्ने असुविधाका लागि माफी चाहन्छौँ तर नछुट्टिएका फोहोर संकलन नगर्ने कुरामा हामी सम्झौता नगरौँ,’ मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

महानगरले पहिलेका कमजोरी वा गल्तिहरु नदोहोर्याउने प्रतिवद्धता उनले जनाएका छन् । फोहोरलाई स्रोतबाट नै छुट्याउनका लागि हदैसम्मको सहकार्य र कोशिस गर्ने दाबी उनको छ ।

‘हामी यति विश्वास दिलाउन चाहन्छौँ कि तपाईले छुट्याइसकेको फोहोरलाई महानगरले पुनः एकैठाउँमा मिसाउने गल्ति गर्ने छैन भने तपाईले छुट्याएर संकलन गर्ने गाडीमा हालिसकेको फोहोरसँगै आफुले नछुट्याइ ल्याएको फोहोर कसैले मिसाउन पाउने छैन,’ उनले भनेका छन् ।

अब फोहोर उठ्ने र यो सबैको लागि खुसीको खबर भएको मेयर शाहले बताएका छन् । उनी अगाडि लेख्छन्, ‘अहिलेसम्म फोहोर थुप्रिएर पाउनु भएको दुःखका लागि क्षमाप्रार्थी छौँ । साथसाथै, कोठाभित्र होस् वा घरमा वा सडकमा, जतासुकै फोहोरले यतिसम्म दुःख दिदा र अफ्ठ्यारोमा पारिरहँदा पनि धैर्य भएर सहिदिनु भएकोमा ह्रदयदेखि नै धन्यवाद छ ।’

फोहोर उठ्नु मात्रै समाधान नभएको भनाई उनको छ । महानगरको फोहरको समस्याको दिर्घकालिन समाधानको लागि अझै धेरै गर्न बाँकी रहेको उनले जनाएका छन् ।

‘हामी फोहोरको दीर्घकालिन व्यवस्थापन गर्न चाहन्छौँ, जसको समाधान यहाँको फोहोर अन्त कतै फ्याँकेर वा थुपारेर हुँदैन,’ मेयर शाहले भनेका छन् ।

महानगरवासीको साथबिना समस्याको समाधान निकाल्न सम्भव नहुने उनले बताएका छन् । उनले आग्रह गरेका छन्, ‘अब तपाईँको कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किँदा कुहिने, नकुहिने गरेर कम्तिमा दुई किसिमका फोहोरहरु छुट्टिएर निस्किउन् ।’

कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन गर्न सहज हुने दाबी मेयर शाहको छ । जति सहज व्यवस्थापन हुन्छ, त्यति नै चाँडो महानगरवासी स्वच्छ र स्वस्थ काठमाण्डौँमा बाँच्न पाउने उनले बताएका छन् । यस्तो गर्दा महानगरवासीको कारणले अन्त कसैले रोगी भएर बाँच्नु वा मर्नु पनि नपर्ने उनले जनाएका छन् ।

‘अहिले थुप्रिएको फोहोरलाई नै छुट्याउन समस्या हुन सक्ला तर हामी विश्वास गर्छौँ, तपाईहरुले अब हरेक फोहोरलाई कुहिने र नकुहिने गरेर कम्तिमा दुई अलग अलग भाँडोमा राखेर फोहोर व्यवस्थापनमा आफ्नो कर्तव्य पुरा गरिदिनु हुनेछ,’ उनले सबै महानगरवासीसँग अनुरोध गरेका छन् ।

 

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  ११ : ४५ बजे

एमालेले आज निर्वाचन आयोगमा बन्दसूची बुझाउँदै

काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची

रास्वपा-बालेन सहमति केन्द्रीय समितिबाट अनुमोदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख

बुटवलमा ‘बाआमासँग नगर प्रमुख’ स्वास्थ्य शिविरप्रति नागरिकको उत्साह, प्रतिकूल मौसममा पनि उल्लेख्य सहभागिता

बुटवल । बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित ‘बाआमासँग नगर प्रमुख’ निःशुल्क स्वास्थ्य