१४ पुस २०८२, सोमबार | December 29, 2025

निर्वाचित भएलगत्तै एक पालिका अध्यक्ष सहित ३ वडा अध्यक्ष निलम्बनमा



काठमाडौं । बिभिन्न पालिकाका जनप्रतिनिधिहरु निर्वाचित भएसँगै निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विचाराधिन मुद्दामा परेका जनप्रतिनिधिलाई निलम्बनमा राख्न पत्राचार गरेसँगै निर्वाचित भएसँगै उनीहरु निलम्बनमा परेका हुन् ।

अख्तियारले एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्षलाई निलम्बनमा राख्न निर्देशन गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै अख्तियारले भ्रष्टाचारका मुद्दा विचाराधीन रहेकै अवस्थामा निर्वाचित एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष निलम्बनमा परेको जनाएको हो ।

अख्तियारका अनुसार निलम्बनमा पर्नेहरुमा कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्ष देवीदत्त उपाध्याय, मोहन्याल–३ का वडाध्यक्ष नन्दराम गिरी, अछामको पञ्चदेवल विनायक नगरपालिका–७ का वडाध्यक्ष सुरतबहादुर रावल र नुवाकोटको बिदुर नगरपालिका–९ का वडाध्यक्ष हरिराम भण्डारी रहेका छन् ।

अख्तियारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहलाई लेखेको पत्रमा भ्रष्टाचारको मुद्दा विचाराधीन रहेका अवस्थामा स्थानीय जनप्रतिनिधिमा निर्वाचित भएकाले स्वतः निलम्बनमा रहने व्यवस्था कार्यान्वयन गर्न उल्लेख गरेको छ ।

 

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  १० : ३५ बजे

नेकपाले समानुपातिकमा सबै नयाँ अनुहार पठाउने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधि सभा या राष्ट्रीय सभामा

एमालेले आज निर्वाचन आयोगमा बन्दसूची बुझाउँदै

काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची

रास्वपा-बालेन सहमति केन्द्रीय समितिबाट अनुमोदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख