१० चैत्र २०८२, मंगलबार | March 24, 2026

बलात्कार आरोपी तीन नाबालकलाई सुधारगृह पठाइयो



सप्तरी । जिल्ला प्रहरी कार्यालय सप्तरीले सामूहिक बलात्कार घटनाका आरोपित तीन नाबालकलाई बिहीबार बालसुधार गृह पठाइएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलाशले उनीहरूलाई बालसुधार गृह वीरगञ्ज पठाएको हाे ।

शम्भुनाथ मेला घुमाउन लगेर बलात्कार गरेको आरोपमा शम्भुनाथ नगरपालिका–४ सखुवाका २० वर्षीय सुरेश भनिने सुरैतलाल राम भने पुर्पक्षका लागि राजविराज कारागारको थुनामा पुगेका छन् । घटनाका मुख्य आरोपित २० वर्षीय दिपक सरदार भने फरार छन्।

पूर्व–पश्चिम राजमार्गको दक्षिण शम्भुनाथ नगरपालिका–३ स्थित प्रसिद्ध शम्भुनाथ मन्दिरमा लाग्ने मेला घुम्न गएकी १७ वर्षीया बालिकालाई २ जेठमा आरोपित पाँचजनाले सामूहिक बलात्कार गरेको पीडितको आरोप रहेको छ।

पीडितका अनुसार आरोपितहरूले शम्भुनाथ मन्दिरदेखि सय मिटर पूर्व–दक्षिणतर्फ पानी ट्यांकी छेउमा लगेर सामूहिक बलात्कार गरेका हुन् ।
घटनाबारे घरपरिवारमा जानकारी गराएपछि पीडितका हजुरबुवाले घटनाकै दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।

उजुरीका आधारमा सप्तरी प्रहरीले तत्कालै सुरैतलाल र तीन नाबालकलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो । जिल्ला प्रहरीले ३ जेठमा पीडितको अस्पतालमा स्वास्थ्य परीक्षण गराई उजुरी दर्ता गरेको थियो ।

जिल्ला न्यायाधीश श्रेष्ठको आदेशमा आरोपित मध्ये सुरैत लाल पुर्पक्षका लागि थुनामा र अन्य तीन नाबालक बालसुधार गृह पठाउने आदेश भएको अदालतले जानकारी दिएको छ । पाँच जनामध्ये एक जना आरोपित अझै फरार रहेका उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ४ : ३८ बजे

विश्वमा एक करोड सात लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर

भक्तपुर। ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो

लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र उद्घाटन

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नं. ५ ढोडहवामा ‘सरसफाइ

दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्

चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्री गरे बापत

कोटिहवामा भएको सवारी दुर्घटनाबाट बुटवल पुरानो बसपार्कका २१ वर्षिय युवाको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा

ट्रम्पको दाबीलाई इरानले अस्वीकार गरेपछि कच्चा तेलको मूल्य फेरि बढ्यो

युद्धबारे ट्रम्पको दाबीप्रति इरानको प्रतिक्रियापछि कच्चा तेलको मूल्य फेरि बढेको