१० चैत्र २०८२, मंगलबार | March 24, 2026

किसानलाई हाते ट्र्याक्टर



रामपुर । रैनादेवीछहरा गाउँपालिकाका किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको छ । गाउँपालिकाभित्रका ७१ जनाले हाते ट्र्याक्टर अनुदानमा बुझेका छन् ।

खेतबारी खनजोत गर्न र उत्पादन बढाउने उद्देश्यले ट्र्याक्टर वितरण गरिएको हो । गाउँपालिकाको ५० प्रतिशत अनुदानमा वितरण गरिएको कृषि शाखा प्रमुख सुनिता पोखरेलले बताए । आधुनिक प्रविधिबाट खेती गर्न र खेतबारी खनजोतमा सुविधा हुने गरी हाते ट्र्याक्टर उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराईले बताए ।

उन भने, “पछिल्लो समयमा जमिन बाँझो हुने समस्या छ, आगामी दिनमा गाउँपालिकाले कृषि प्रणालीमा परिवर्तन ल्याउने कार्यक्रम सञ्चालन गर्नेछ, कृषकले जमिनको उचित प्रयोग गरी उत्पादनमा जोड दिनुप¥यो, यान्त्रीकरण, ज्ञान सीपका लागि पालिकाले आवश्यक सहयोग गर्नेछ ।” ठूला ट्र्याक्टर भिरालो जमिनमा पुग्न समस्या हुने, खेतीयोग्य जमिन नबाँझियोस् र किसान आफैँले पनि हाते ट्र्याक्टर चलाउन सक्ने हुँदा यसप्रति कृषक आकर्षित भएका छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ७ : ५८ बजे

सुनको मूल्य आजपनि घट्यो, चाँदीमा भने सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज पनि घटेको छ।

काम नगर्ने ठेकेदारलाई कारबाही अघि बढायो टेम्केमैयुङले

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ठेक्का सम्झौताअनुसार निर्माण नगर्ने ठेकेदारलाई

महिलाको हत्या अभियोगमा किशोर पक्राउ

भैरहवा । शुद्धोधन गाउँपालिका-१ सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत्या

रास्वपा केन्द्रीय समितिको बैठक आगामी बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको