१० चैत्र २०८२, मंगलबार | March 24, 2026

यस्तो छ सोमबार रातिसम्मको मौसम



काठमाडौं । पूर्वी क्षेत्रमा केन्द्रित मनसुनी वर्षा अन्य क्षेत्रमा पनि विस्तार हुन थालेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा प्रदेश १ र मधेश प्रदेशका धेरै क्षेत्रमा वर्षाको आँकलन छ । त्यस्तै, बागमती, गण्डकी र कर्णालीका केही स्थान तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी प्रदेश र कर्णालीका केही स्थान तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति प्रदेश १ र मधेशका धेरै स्थानमा वर्षा हुनेछ भने बागमती, गण्डकी र कर्णाली लगायत अन्य प्रदेशका पहाडी भू-भागमा पनि वर्षा हुनसक्नेछ । योबीचमा प्रदेश १, मधेश र बागमतीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

सोमबार प्रदेश १ र बागमतीका केही स्थान तथा मधेश, गण्डकीमा वर्षाको सम्भावना छ । लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ ।

राति प्रदेश १ र मधेशका स्थान, बागमती, गण्डकी र कर्णालीका लगायत अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा वर्षाको आँकलन गरिएको छ । बागमतीका एक वा दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ ।

 

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ६ : ५९ बजे

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

पर्वत । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका-४ मुडिकुवास्थित कुश्मा-फलेवास सडकस्थित

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई

कांग्रेस केन्द्रीय समितिको बैठक आज, १५ औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

विश्व क्षयरोग दिवस : जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौं । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ : राष्ट्रिय

डोटीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

डोटी । यहाँको आदर्श गाउँपालिका-६ रौसेल्ला खोला नजिक मौवा-गिरीचौकको कच्ची