४ पुस २०८२, शुक्रबार | December 20, 2025

२१ दिने साइक्लिङ च्यालेन्जको उपाधि सुनिललाई, जिते प्याङ्क कस्टम माउन्टेन बाइक



भक्तपुर । २१ दिने साइक्लिङ च्यालेन्जको उपाधि सुनिल सुवालले हात पारेका छन् । च्यालेन्जमा कुल ६ हजार नौ सय अंकसहित प्रथम स्थान हासिल गरेर उनले प्याङ्क कस्टम माउन्टेन बाइक पुरस्कार हासिल गरे ।

दोस्रो स्थानमा सुधीर पराजुलीले इन्डकसन हिटर पुरस्कार हासिल गरे । तेस्रो र चौथो स्थान हासिल गर्न सफल क्रमशः विकास तमाखु र निशान त्वायनाले ताम्राकार कर्पोरट ग्रुपकोतर्फबाट वाटर बोटल प्राप्त गरे ।

च्यालेन्जमा मोस्ट कन्सिस्टेन्त राइडरको उपाधि निर्जला कोजु, कमिनिका न्याइच्याई र निर्मला कुटुवले हासिल गर्दै जुजु बाइक्सकोतर्फबाट विषेश उपहार प्राप्त गरे । साइकलप्रति अभिरूचि बढाउन साइकल कनेक्ट भक्तपुरले च्यालेन्जको आयोजना गरेको थियो ।

१६ जना सहभागी रहेको उक्त च्यालेन्जमा हरेक दिन कम्तीमा २ किमी साइकल चलाउनुपर्ने र साथसाथै अन्य विभिन्न कार्य गर्नुपर्ने थियो । जसअनुरूप सहभागीले अंक प्राप्त गर्ने रोचक प्रतिस्पर्धा रहेको थियो ।

प्याङ्क बाइक, ताम्राकार कर्पोरेट ग्रुप, जुजु बाइक्स तथा नेपाल इको प्यानेलको सहयोगमा आयोजना गरिएको उक्त च्यालेन्जमा १६ जना मध्य १४ जनाले च्यालेन्ज सफलतापूर्वक पुरा गरेका थिए ।

 

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ८ : ३६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको