१४ पुस २०८२, सोमबार | December 29, 2025

कोहलपुरमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु



बाँके । बाँकेको कोहलपुर नगरपालिका-२ मनकामना चोकमा हिजो बेलुकी दुईओटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

कोहलपुरबाट सुर्खेततर्फ जाँदै गरेको भे १० प २७११ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको लु ८४ प १६१७ नम्बरको मोटरसाइकल हिजो बेलुकी पौने ८ बजे ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका १६१७ नम्बरको मोटरसाइकल चालक बर्दियाको सानोश्रीका ४१ वर्षीय सुर्यप्रकाश वलीको उपचारका क्रममा कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो ।

अर्को मोटरसाइकल चालकलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ११ : ४२ बजे

राष्ट्रिय च्याउ दिवसमा बुटवलमा निःशुल्क च्याउका परिकार खान पाईने

बुटवल । च्याउ उत्पादक किसान संघ लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा

अंग्रेजी नयाँ वर्षको अवसरमा बुटवलमा भोलिदेखी तीनदिने सडक खाना महोत्सव, तयारी पूरा

बुटवल । अंग्रेजी नयाँ वर्षको अवसर पारेर बुटवलमा तीन दिने

सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’

काठमाडौँ । सर्वोच्च अदालतमा सरकार र जेनजी पुस्ताबीच भएको १०

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको

नौबस्ता कारागारबाट भागेका १४७ मध्ये ५२ जना पक्राउ

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता कारागारबाट भागेका १४७ कैदीमध्ये