४ पुस २०८२, शुक्रबार | December 20, 2025

उत्तर कोरियाद्वारा शृंखलाबद्ध तोप प्रहार



सोल । उत्तर कोरियाले आइतबार स्थानीय समयअनुसार बिहान ८ बजेदेखि ११ बजेसम्म तोप प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।

किम जोङ उनले उत्तर कोरियालाई आणविक रूपमा सशक्त देश बनाउने प्रतिबद्धता गरेको भोलिपल्ट उत्तरले शृंखलाबद्ध ढंगले तोप प्रहार गरेको हो ।

उत्तरको तोप प्रहारबारे दक्षिण कोरियाको जोइन्ट चिफ अफ स्टाफले थप विवरणहरू दिएको छैन् । तर, उसको प्रहार परम्परागत शैलीका, तुलनात्मक रूपमा छोटो दूरीको र कम उचाइको भएको जनाइएको छ । उत्तरले यसअघि पनि एकपछि अर्को आणविक हतियार परीक्षण गर्दै आएको छ ।

गत साता भएको वर्कस पार्टीं बैठकमा किमले उत्तर कोरियाको सार्वभौम अधिकारको रक्षा गर्न देशको सैन्य शक्ति र रक्षा अनुसन्धानलाई प्रबद्र्धन गर्नुपर्ने बताएका थिए ।

उत्तर कोरियाको आणविक परीक्षणलाई लिएर दक्षिण कोरियाले उमाथि एकपछि अर्को प्रतिबन्ध लगाउँदै आएको छ । -एजेन्सी

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ८ : ४१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको