८ श्रावण २०८३, शुक्रबार | July 25, 2026

उत्तर कोरियाले भन्यो, ‘किम जोङसँग शिखर वार्ता गर्न जापानी प्रधानमन्त्री इच्छुक’



प्योङयाङ । जापानी प्रधानमन्त्रीले उत्तर कोरियाली नेता किम जोङसँग भेटबार्ता गर्ने इच्छा ब्यक्त गरेका छन । उत्तरी कोरियाली नेता किम जोङकीबहिनीले सोमबार जापानी प्रधानमन्त्री फुमियो किशिदाले आफ्नो दाजुसँग शिखर वार्ताको लागि अनुरोध गरेको जानकारी दिएका हुन ।

तर, टोकियोले पुर्ववत नीति परिवर्तन नगरेसम्म शिखर बैठक सम्भव नभएको उत्तर कोरियाली नेताको बहिनीले जनाएकी छिन् । लामो समयदेखि दुइ देशका बिचमा चलिरहेको अपहरण विवाद तथा उत्तर कोरियाको प्रतिबन्धित हतियार कार्यक्रमका कारणा दुई देशहरू बीचको सम्बन्ध तनावपूर्ण छ । तर, किशिदाले हालै सम्बन्ध सुधार गर्ने इच्छा व्यक्त गरे पछि प्योङयाङले भने यसको विरोध गरेको भने छैन् ।

गत वर्ष किशिदाले कुनै सर्त बिना किमलाई भेट्न इच्छुक रहेको बताएका थिए । टोकियोले १९७० र १९८० को दशकमा जापानी नागरिकको उत्तर कोरियाली एजेन्टहरूले गरेको अपहरण सहित सबै समस्याहरू समाधान गर्न इच्छुक रहेको बताएको थियो, जुन जापानमा भावनात्मक मुद्दा बन्न गएको छ ।

किम यो जोङले आधिकारिक कोरियाली सेन्ट्रल न्यूज एजेन्सीद्वारा जारी विज्ञप्तिमा भने, ‘किशिदाले प्रजातान्त्रिक जन गणतन्त्र कोरियाको राज्य मामिलाका राष्ट्रपतिलाई जतिसक्दो चाँडो भेट्ने आफ्नो मनसाय व्यक्त गरेका छन् ।’

किम यो जोङले गत महिना जापानी नेतालाई उत्तर कोरिया भ्रमण गर्न सम्भावित निमन्त्रणा गर्ने संकेत गरेका थिए। बहिनीले भनिन्, ‘उत्तर कोरिया-जापान सम्बन्धको इतिहासले टोकियोको तर्फबाट ठोस नीति परिवर्तन नगरी अविश्वास र गलतफहमीले भरिएको द्विपक्षीय सम्बन्ध सुधार गर्न असम्भव छ भन्ने पाठ दिन्छ ।’

उनले यो पनि चेतावनी दिइन्, ‘यदि जापान अपहरण मुद्दामा अल्मलिएको छ, जसको कुनै समाधान छैन तब किशिदाको सम्बन्ध सुधार्ने आशा पूरा हुने छैन ।’

उत्तर कोरियाले २००२ मा स्वीकार गर्यो कि उसले १०७९ र ८० को दशकमा १३ जापानी मानिसहरूलाई अपहरण गर्न एजेन्टहरू पठाएको थियो, जसलाई जापानी भाषा र चलनमा जासूसलाई तालिम दिन प्रयोग गरिएको थियो ।

जापानमा अपहरणहरू एक शक्तिशाली र भावनात्मक मुद्दा बनेका छन् र आधिकारिक रूपमा मान्यता प्राप्त भन्दा धेरै अपहरणहरू भएको आशंका कायम छ । विश्लेषकहरूले लामो समयदेखि यस विषयमा विवादले किशिदा र किम जोङ उनबीचको शिखर वार्ताको प्रगतिमा बाधा पु¥याउने बताउँदै आइएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ८ : ३९ बजे

अख्तियारकोे बार्षिक समीक्षा सम्पन्न : उजुरीहरूमध्ये सबै भन्दा बढी स्थानीय तहसँग सम्बन्धित

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८२/८३ को

सीमाविद् बुद्धिनारायण श्रेष्ठ पुरस्कृत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको ‘राष्ट्रिय विभूति भीमसेन

बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा रहेका

छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ

बुटवल । छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ परेका छन्

सीमावर्ती क्षेत्रको समस्या पहिचान भइसक्यो, समाधान गर्नेछौँ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले देशको दक्षिणी सीमा क्षेत्रमा स्थलगत