४ पुस २०८२, शुक्रबार | December 20, 2025

रुपन्देहीको तिलोत्तमामा फेरि अर्की युवतीको रहस्यमय मृत्यु



बुटवल । रुपन्देहीको तिलोत्तमामा एक युवतीको रहस्यमय मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका ६ सेमरीचौककी २५ वर्षीय सुविना गिरीको शव झुण्डिएको अवस्थामा फेला परेको परिवारको दावी छ ।

पति सन्जु गिरीले आफूहरुले संचालन गर्दै गरेको होटलमा राति करिब १ बजे झुण्डीएको अवस्थामा फेला परेको र उद्धार गरी अस्पतालमा लगेको दावी गरेका छन् । सन्जुले राति २ बजे क्रिमसन अस्पताल मणीग्राममा ल्याउदा चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

यद्यपि सुविना झुण्डीएको र मृत्युभएकोबारे वरपर छिमेकीले समेत थाह नपाएको बताएका छन् । आफन्तले आफैले कुटपीट गरेर झुण्डाएको बहाना गरेको बताएका छन् । मृतककी फुपु क्षमा गिरीले सरीरभरि नीलडाम भएकाले पतिले मारेको वा झुण्डाएको दावी गरिन् । आफन्तले घटनाको सत्यतथ्य माग गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलले घटनाको प्रारम्भीक अनुसन्धान थालेको छ । क्रिमशनमा राखेको शव अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएका छन् । अनुसन्धानपछि मृत्युको कारण खट्ने घटना अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए । मृतकका २ जना नाबालक छोराछोरी छन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ४ : १५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको