२६ माघ २०८२, सोमबार | February 9, 2026

अनिश्चितकालीन बिदामा बसे अर्थसचिव मरासिनी



काठमाडौं । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी अनिश्चितकालीन बिदामा बसेका छन् ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएका बेला अर्थसचिव मरासिनी बिदामा बसेका छन् ।

अर्थसचिव मरासिनी सन्चो नभएर बिदामा बसेको मन्त्रालयका प्रवक्ता सहसचिव ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । ‘अर्थसचिवज्यू हिजोसम्म अफिस आउनु भएको हो । हिजै मलाई सन्चो भएन भन्दै हुनुहुन्थ्यो । आज बिदामा बस्नु भएको छ,’ उनले भने, ‘कहिलेसम्म बिदामा बस्नु भएको हो, यो बुझ्न बाँकी छ ।’

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहने सीसीटिभी फुटेज माग्दा १३ दिनको मात्र बाँकी रहने र अरु आफैं मेटिँदै जाने मन्त्रालयले जवाफ दिएको थियो । यसपछि सीसीटिभी फुटेज डिलिट गरिएको र यसमा अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोको आशंका गरिएका बेला उनी बिदामा बसेका छन् ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ११ : ४५ बजे

सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभाबाट फिर्ता

काठमाडौं । राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने

राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित

काठमाडौं । राष्ट्रियसभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ

वीरगञ्ज बजारमा छापा मार्दा तीन सशस्त्र प्रहरी घाइते, दुईवटा गाडीमा क्षति

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले आज

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ दशमलव ०५

प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य