२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

पेट्रोलियम पदार्थको मुल्य वृद्धिले ट्रक व्यवसायको पेशा समस्यामा



बुटवल । बदलिदो राजनितिक व्यवस्था र पछिल्लो समय बढ्दो पेट्रोलियम पदार्थको मुल्य बृद्धिले ट्रक व्यवसायको पेशा गम्भिर स्थितिमा पुगेको व्यवसायीहरुले गुनासो गरेका छन् ।

पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलले आज आयोजना गरेको नेपाल ट्रक यातायात व्यवसायी महासंघको महाधिवेशनवाट निर्वाचित पदाधिकारी तथा स्थानीय निकाय निर्वाचन-२०७९ बाट निर्वाचित जनप्रतिनिधि एवम् विभिन्न संघ संस्थाबाट निर्वाचित व्यक्तिहरुलाई सम्मान गर्न आयोजना गरिएको कार्यक्रममा वोल्ने बक्ताहरुले यस्तो बताएका हुन ।

व्यवसायीहरुले राज्यले भाडादर प्रणाली कायमलाई कायम नगर्नाले घाटादर दैनिक रुपमा ओरालो लाग्दै गएकाले कहिलेकाहीँ ट्रक बेचौ कि भन्ने सोंचमा समेत पुग्ने गरेको गुनासो सुनाएका छन । कार्यक्रममा महासंघका पूर्व अध्यक्ष अर्जुन रानाभाटले सरकारले यातायात व्यवसायीको पक्षमा काम गर्नेहरुलाई प्रोत्साहन गर्न नसकेको गुनासो गरे ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले यातायात क्षेत्रको खस्कदो अवस्थालाई सुधार गर्न चुनौति संगै अवसर पनि रहेको भन्दै सरकारले तय गरेको भाडादर कायम गर्न जोड दिए । यातायात क्षेत्रमा हिजोका दिनमा सह–चालक हुँदै चालक भएका हाल पाल्पाको तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बढ्दो महंगी र घट्दो भाडादरले नाफा भन्दापनि गाडीको खर्च समेत धान्न गाह्रो भएकाले पछिल्लो समय ट्रक व्यवसायीहरु निकै धरासायी बन्दै गएकोमा दुख व्यक्त गरे ।

पश्चिमाञ्चल यातायात व्यवसायी समितका अध्यक्ष यम प्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका उपाध्यक्ष विष्णु प्रसाद न्यौपाने , सचिव उमेशचन्द्र मचगैया, संघका पूर्व अध्यक्ष गुप्त बहादुर केसी, अखिल नेपाल फूटवल संघका उपाध्यक्ष दीर्घ बहादुर केसी कुमार, जिल्ला खेलकुद विकास समिति बुटवलका नवनियुक्त अध्यक्ष भुपेन्द्र वहादुर थापा क्षेत्री संघका वरिष्ठ उपाध्यक्ष प्रताव बहादुर कार्की महासचिव हरि प्रसाद कंडेल थला पर्दै गएको व्यवसायलाई चलायमान बनाउन व्यवसायीहरु बीचमा एकता जरुरी रहेको बताएका छन ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ६ : ५९ बजे

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले

सट्टेबाजी एप वा प्लेटफर्ममा कारोबार नगर्न ब्यूरोको अनुरोध

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प्रतिबन्धित अनलाइन सट्टेबाजी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

बसपार्कमा बस भित्रबाट यात्रु लुट्ने लुटेरा समूहका ४ जना पेस्तोल सहित पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्ज बसपार्कमा दिनदहाडै यात्रुबाहक बस भित्रबाट हतियार

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल