१० चैत्र २०८२, मंगलबार | March 24, 2026

बुढीगंगाको त्रिशक्ति मावि मतदान केन्द्र तनावग्रस्त, प्रहरीले चलायो गोली



बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा बिहीबार जारी मतदानमा विवाद उत्पन्न भएपछि प्रहरीले गोली चलाएको छ । वैशाख ३० गते भएको निर्वाचनमा धाँधली भएपछि मतदान स्थगित भएको बुढीगंगामा पुनः मतदानमा समेत विवाद उत्पन्न भएको हो ।

बुढीगंगा नगरपालिका-९ को त्रिशक्ति मावि मतदान केन्द्रमा सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीच तनाव उत्पन्न भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । स्थिति तनावपूर्ण बनेपछि करिब १५ मिनेट मतदान स्थगित भएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर विष्टले जानकारी दिए ।

प्रहरीले तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिएपछि पुन मतदान सुरु भएको उनले बताएका छन् । बुढीगंगाको मेरका लागि कांग्रेसबाट रंग खाती र एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार छन् ।

यसअघिको मतदानका क्रममा १० मध्ये ६ वटा मतदानस्थलमा एमाले र कांग्रेस कार्यकर्ताहरूले बुथ कब्जा गरेपछि मतदान रोकिएको थियो । बेलामा चुनाव हुन नपाउँदा बुढीगंगाले जनप्रतिनिधि चयन र बजेट ल्याउन पछि परिसकेको छ ।

 

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  १ : ३७ बजे

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि

हवाई उद्धारमा बिरामीको व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन

काठमाडौं । हेलिकप्टरमार्फत उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन

हतार वा हताशमा होइन, जवाफदेहिताका आधारमा राजीनामा दिएको हुँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हतार वा

संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

काठमाडौं । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर

भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्टस्

काठमाडौं । भाटभटेनी सुपरमार्केट तथा जापानी कस्मेटीक उत्पादक होमाबीच जापानी