९ चैत्र २०८२, सोमबार | March 23, 2026

साझा यातायातले सुरु गर्यो राजधानीमा विद्युतीय बस



काठमाडौं । साझा यातायातले आजबाट राजधानीमा विद्युतीय बस सञ्चालनमा ल्याएको छ । सुरुवाती परिक्षणको रुपमा तीन वटा बस आजबाट सञ्चालनमा ल्याइएको हो ।

थप ३७ थान विद्युतीय बस आगामी साउन मसान्तसम्म भित्रिने आज एक विज्ञप्ति जारी गर्दै साझा यातायातले जनाएको छ ।

साझाको विद्युतिय बसको ‘सफ्ट लन्च’ आज साझा यातायातका संस्थापक अध्यक्ष विश्वबन्धु थापाबाट गरिएको थियो ।

‘नेपाल सरकारले २०७६ असार ३१ मा विद्युतीय परिवहन प्रवर्दन गर्न साझा यातायात सहकारी संस्था लि।मा ३ अर्ब रुपैयाँ लगानि गर्नाले यस संस्थालाई विद्युतीय बसको ‘फ्लिट’ निर्माण गर्न सम्भव भएको हो,’ साझाले विज्ञप्तिमा भनेको छ ।

व्याट्रिबाट चल्ने बस प्रविधि नयाँ भएकोले साझा यातायातले विभिन्न चरणमा विद्युतीय सवारी भित्राउने योजना बनाएको छ ।

पहिलो चरणमा अन्तर्राष्ट्रिय बोलपत्र आव्हान गरि ८।५ मिटर लम्बाईको ४० बस खरिद गरिएका छन् जुन चिनको नानजिङ्ग सहर स्थित सिएचटिसि’ कम्पनीको उत्पादन हुन् ।

दोश्रो चरणमा १०–१२ मिटर लम्बाईको विद्युतीय शहरी बस तथा लामो दुरीको विद्युतिय बस खरिदको प्रक्रिया अगाडि बढिसकेको छ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ४ : ५० बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा