८ चैत्र २०८२, आइतबार | March 22, 2026

नेपाली सिमेन्ट भारत जान थाल्यो



बुटवल। अघिल्लो वर्ष सम्म भारतबाट सिमेन्ट आयात गर्दै आएको नेपालले पहिलो पटक भारतमा सिमेन्ट निर्यात शुरु गरेको छ । पश्चिम नवलपरासीको सुनवल ७ मा रहेको पाल्पा सिमेन्टले पहिलो पटक भारत निर्यात गरेको हो । शुक्रबार एक समारोहका बिच पाल्पा सिमेन्ट इन्डष्ट्रीज लिमिटेडले तानसेन सिमेन्ट भारततर्फ निकासी गरेको छ ।

उद्योगका प्रमुख अतुल डाल्मियाले सिमेण्टमा आत्मनिर्भर बनाउनुका साथै निर्यात गर्ने उद्देश्यले स्थापित उद्योगले उत्पादन बढाउँदै भारततर्फ निर्यात सुरु गरेको बताए।

अहिलेको बजेट मार्फत् नेपाल सरकारले वनाएको सहज वातावरणलाई सदुपयोग गर्दै कम्पनीले पहिलो पटक सिमेन्ट भारततर्फ निकासी शुरु गरेको पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेडका जनसम्पर्क प्रवन्धक जीवन निरौलाले जानकारी दिए ।

पाल्पा सिमेन्टले स्थापनाको चार बर्षमै आफ्नो उत्पादन भारत तर्फको निकासी गर्न सफल भएको हो । सिमेन्टको निकासीले आर्थिक गतिविधिलाई थप चलायमान गराउने जनसम्पर्क निर्देशक निरौलाले अपेक्षा गरे ।

सिमेन्टको निर्यात गर्न आयोजित कार्यक्रममा बोल्दै पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले नेपाल आयत गर्ने देशको सुचीमा रहेपनि सिमेन्टमा आत्मनिर्भर भइ भारत तर्फ पनि निर्यात गर्नु ठुलो उपलब्धी भएको बताए ।

सुनवल नगरपालिकाकी नगर प्रमुख विमला अर्यालले पाल्पा सिमेन्ट इन्डष्ट्रीजद्धारा उत्पादीत तानसेन सिमेन्ट भारततर्फ निकासी गर्नु गर्वको विषय भएको बताइन् ।

नेपालमा ५० भन्दा धेरै सिमेन्ट उद्योगहरु संचालमा रहेका छन् । जसमध्ये पाल्पा सिमेन्ट इन्डष्ट्रीज सहित १५ ओटा सिमेन्ट उद्योगले सिमेन्ट र क्लिंकर दुवै नेपाल मै उत्पादन गर्दै आएका छन् । नेपालमा सिमेन्ट उद्योगहरुको वार्षिक उत्पादन क्षमता करिव २ करोड २० लाख टन रहेको विभिन्न तथ्यांकले देखाएको छ ।अहिले सिमेन्ट निर्यात गर्नसके १५ प्रतिशत व्यापारघाटा कम हुने पाल्पा सिमेन्टका कार्यकारी निर्देशक शेखर अग्रवालको दाबी छ ।

भारतीय बजारमा ओपीसीभन्दा पीपीसी सिमेन्ट बढी चल्ने र माग हुने उनले बताए । पाल्पा सिमेण्टको पाल्पा माथागढी ७ रहबासमा आफ्नै चुनढुंगा खानी रहेको अग्रवालले जानकारी दिए ।

उनले प्रर्याप्त बिद्युत,कच्चा पदार्थ दक्ष प्राविधिकको अभाव,अल्पकालीन नीति नियम,आर्थिक समस्या ,अप्रत्यक्ष कर र रोयल्टीका कारण समस्या भैरहेको गुनासो पनि गरे ।

पाल्पा सिमेन्ट इन्डष्ट्रीजले दैनिक १ हजार ८ सय टन क्लिकर र करिब ३ हजार टन सिमेन्ट (जडित क्षमता का आधारमा) उत्पादन गर्दै आएको छ । शुक्रबार नेपाली बजारमा तानेसेन सिमेन्टको मुल्य ४६५ रुपैंया र ५६५ रुपैंया रहेको छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  १० : १९ बजे

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगन्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ

ताप्लेजुङको डाँडाकाँडा सेताम्मे

फुङ्लिङ । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा