१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

पूर्ण उत्पादन क्षमताका उद्योग ४० प्रतिशतमात्रै



काठमाडौं । हाल सञ्चालनमा रहेका चारवटा औद्योगिक क्षेत्रमध्ये ३९.९ प्रतिशत उद्योगले मात्र उत्पादन क्षमताको पूर्ण उपयोग गरेको पाइएको छ ।

केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको ‘राष्ट्रिय औद्योगिक गणना २०७६’ अनुसार सो अवधिमा औद्योगिक क्षेत्रका चारै औद्योगिक प्रतिष्ठानमध्ये ३९.९४ ले मात्र उत्पादन क्षमताको पूर्ण उपयोग गरेका छन् । अझै ६०.१ प्रतिशत उद्योग विविध कारण समस्याग्रस्त अवस्थामा छन् ।

यसैगरी, यस अवधिमा १८.७ प्रतिशत उद्योग प्रतिष्ठानले उत्पादन क्षमताको ७५.९९ प्रतिशत, २९.१ प्रतिशत उद्योग प्रतिष्ठानले उत्पादन क्षमताको ५० देखि ७४ प्रतिशत, १०.३४ उद्योग प्रतिष्ठानले उत्पादन क्षमताको २५ देखि ४९ प्रतिशत र बाँकीले २५ प्रतिशतभन्दा कम उपयोग गरेको सो अध्ययनले देखाएको छ ।

यसरी पूर्णक्षमतामा नचल्नुको कारण बजार वा मागको कमीका कारण (४६ प्रतिशत), कच्चा पदार्थको अपर्याप्तताका कारण (१० प्रतिशत), स्रोतको कमीका कारण (८ प्रतिशत), सीपमूलक कामदारको अभावका कारण (८ प्रतिशत)लगायत मुख्य कारण रहेको सो तथ्यांकले देखाएको छ ।

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ मा समावेश गरिएको तथ्यांक २०७५ साल १ साउनदेखि २०७६ असार मसान्तसम्मको रहेको छ । यस अवधिमा राष्ट्रिय औद्योगिक गणना, २०६९ मा ठूला उत्पादनशील औद्योगिक प्रतिष्ठानको लागत÷उत्पादन अनुपात ०.७५ रहेकोमा हालको सर्वेक्षणअनुसार सो अनुपात केही घटेर ०.७३ रहेको देखिएको छ ।

राष्ट्रिय औद्योगिक गणना, २०६९ मा ठूला उत्पादनशील औद्योगिक प्रतिष्ठानले करिब २ खर्ब ४१ अर्ब ७७ करोड मूल्यबराबरको रकम लगानी गरेर करिब ३ खर्ब २२ अर्ब ५५ करोड मूल्यबराबरको औद्योगिक वस्तु उत्पादन गरेका थिए । यस सर्वेक्षणमा सोही समूहका प्रतिष्ठानले करिब ६ खर्ब २५ अर्ब ७२ करोडबराबरको रकम लगानीका रूपमा खर्च गरी करिब ८ खर्ब ६१ अर्व ५ करोड मूल्यबराबरको औद्योगिक वस्तु उत्पादन गरेको देखिएको छ ।

सो आधारमा २०६९ सालमा ठूला उत्पादनशील औद्योगिक प्रतिष्ठानले नेपालको अर्थतन्त्रमा करिब ८० अर्ब ७८ करोडबराबरको मूल्य अभिवृद्धि गरेका थिए । यस सर्वेक्षणबाट ठूला उत्पादनशील औद्योगिक प्रतिष्ठानले नेपालको अर्थतन्त्रमा करिब २ खर्ब ३५ अर्ब ३३ करोड रुपैयाँबराबरको मूल्य अभिवृद्धि गरेको सो अध्ययनले देखाएको छ ।

सो तथ्यांकअनुसार नेपालमा कुल ६० हजार १ सय ८५ वटा उद्योग प्रतिष्ठान सञ्चालनमा रहेका छन् । यस्ता उद्योग प्रतिष्ठानमध्ये उत्पादन क्षेत्रमा सबैभन्दा बढी ५६ हजार ६ सय ११ वटा उद्योग सञ्चालनमा छन् । जसमध्ये खानी तथा उत्खनन् क्षेत्रमा ३ सय ५६ वटा, विद्युत् तथा ग्यास उत्पादनमा ९ सय ९४ वटा, पानी आपूर्ति, ढल निकास र फोहोरमैला व्यवस्थापन क्षेत्रमा २ हजार २ सय २४ वटा उद्योग प्रतिष्ठान सञ्चालनमा छन् । आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ७ : ३८ बजे

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते

एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा