२ पुस २०८२, बुधबार | December 17, 2025

मेलम्चीको व्यापार, व्यवसाय बर्खा लागेसँगै सुस्त



मेलम्ची । गत वर्षको बाढीबाट तङरिँदै गरेकोे मेलम्ची बजारको चहलपहल फेरि हराउन थालेको छ । दैनिक एक करोड रुपैयाँसम्मको कारोबार हुने सिन्धुपाल्चोककै प्रमुख व्यापारिक केन्द्र मेलम्ची बजारमा बर्खा लागेसँगै यातायात सञ्चालन तथा मानिसलाई आवतजावत गर्न पुल नहुँदा व्यापार व्यवसायमा पनि धक्का लागेको छ । सोही कारण मेलम्ची बजारको रौनकता हराउँदै गएको छ ।

चार गाउँपालिकाको व्यापारीक सङ्गम मेलम्ची बजारमा रहेका करिब दुई सय थोक तथा खुद्रा पसलबाट दैनिक करोडको हाराहारीमा कारोबार हुन्थ्यो । गत वर्षको बाढीले कारोबार एकै झट्कामा झण्डै शून्यमा झारेको थियो । बाढीपछि विस्तारै उठ्दै गरेको यहाँको व्यापार व्यवसाय बर्खा लागेसँगै फेरि सुस्ताउन थालेको स्थानीय कपडा व्यवसायी मीनकुमारी लामिछाने बताउँछन् ।

हेलम्बु, इन्द्रावती, पाँचपोखरी थाङपाल गाउँपालिका र मेलम्ची नगरपालिकाको व्यापारिक सङ्गम मेलम्चीबजार हो । यो बजारबाट विभिन्न गाउँमा थोक बिक्रीसमेत हुने गर्दछ । गतवर्ष बाढीले व्यापारिक केन्द्र मेलम्चीको करिब आधा भाग बगाएको थियो । लामो समयदेखि मेलम्ची बजारमा लाखौँ लगानी गरेर होटल व्यवसाय गर्दै आउनुभएका तीर्थ तामाङ, मानिसको चहलपहल नुहुँदा व्यवसाय नै ठप्प हुन पुगेको बताउँछन् । उनलाई बैँकको लाखौँ ऋण कसरी तिर्ने भन्ने चिन्ता छ । मेलम्ची बजारमा सामान्य चिया पसलदेखि दैनिक दुई तीन लाखसम्म कारोबार गर्ने पसल छन् । निर्माण सामग्री बिक्रेता र होटल तथा रिसोर्ट यहाँबाट धेरै कारोबार गर्नेमा पर्दछन् ।

व्यापारिक दृष्टिले जिल्ला सदरमुकाम चौतारा, बाह्रबिसे, खाडीचौर, जलवीरेको तुलनामा मेलम्ची अब्बल ठाउँ हो । बजारमा दैनिक मेलाजस्तै लाग्ने भीडको चलहपहल अहिले शून्य भएको छ । बजार ठप्प हुन पुग्दा बैँक तथा वित्तीय संस्थामा समेत नकारात्मक प्रभाव परेको छ भने ऋण लिएर कारोबार सञ्चालन गरिरहेका व्यापारी मर्कामा परेको नेपाल बैँक लिमिटेड मेलम्ची शाखाका प्रबन्धक रोशन तिवारीको भनाइ छ ।

गतवर्ष इन्द्रावती र मेलम्ची नदीमा एकै साथ आएको बाढीका कारण असुरक्षित बनेको मेलम्चीबजार क्षेत्रमा जोखिमअझै कायम रहेको विज्ञ बताउँछन् । उता स्थानीयवासी र व्यवसायी भने सरकारले बजार क्षेत्रका घरको संरक्षण गर्दै यहाँको आर्थिक कारोबारको पाटोलाई ब्यूँताउँदै यसलाई दीर्घकालीन बनाउँदै जानुपर्ने बताउँछन् ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  २ : २३ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन